ताजा समाचार:
Search

हिमालयन प्रोजेक्टको टोलीद्धारा अन्नपूर्ण प्राविको अवलोकन

धिरन खत्री/विकल्प न्यूज
भगवती १२ बैशाख ।
म्याग्दीको भवगती ७ मा रहेको अन्नपूर्ण प्राथमिक विद्यालयलाई सहयोग गर्नका लागि एक टोलीले स्थलगत अध्ययन गरेको छ । भौतिक, शैक्षिक विकास, कम्प्युटर शिक्षा स्थापनाका लागि विद्यालयको वस्तुस्थिति बारे जानकारी लिन हिमालयन परियोजनाको टोली विद्यालयमा आएको हो । पाउलको साथमा हिमालयन प्रोजेक्टका नेपाल म्यानेजर राममाया पुन लगायतको सहभागिता रहेको थियो ।

२०२४ सालमा स्थापना भएको विद्यालयको अवलोकनका लागि आएका परियोजनाका अध्यक्ष पाउल भान्डे मोर्टलको नेतृत्वको टोलीलाई स्थानीय बासीन्दाले स्वागत गरेका थिए । पाउलले विद्यालयमा आवश्यक पर्ने भौतिक संरचना निर्माण, शैक्षिक गुणस्तर बृद्धिसँगै अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।DSCF0393

शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो संस्थाले काम गर्दै आएको बताउँदै पाउलले शिक्षा सबै भन्दा महत्वपूर्ण भएकोले आफूले जसरी पनि विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता दोहोराउनुभयो । दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको विद्यालयको भौतिक संरचनाहरु जिर्ण भएको विद्यालयका प्रधानाध्यापक डेकबहादुर भण्डारीले बताउनुभयो ।

कार्यक्रममा स्थानीय अगुवा देवेन्द्र केसी, मुक्तिधाम उच्च माविका प्रअ अम्मरबहादुर केसी, संयोजनकर्ता राजगिरि, हरि भण्डारी, अर्जुन भण्डारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर भण्डारीको अध्यक्षता, कृष्ण शर्माको स्वागत तथा नारायण भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हिमालयन परियोजनाले म्याग्दीको घार २ चित्रेमा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।