ताजा समाचार:
Search

भिम माविको स्वर्ण जयन्तीमा नब्बे लाख संकलन

विकल्प न्यूज/बेनी
बैशाख ११ गते ।
म्याग्दीको देविस्थान–३ राजदाङमा रहेको भिम माविको स्वर्ण जयन्ती बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ । बैशाख ६ देखि १० गतेसम्म स्वर्ण जयन्ती मनाएको उक्त विद्यालयले सञ्चालन गरेको चन्दा संकलन अभियानका क्रममा नब्बे लाख रुपैयाँ जुटाएको छ ।

पुस्तकालय, कम्प्युटर ल्याब, बालबिकास केन्द्रलाई ब्यवस्थित र सुबिधासम्पन्न बनाउने, विद्यालय परिसर घेराउ गर्ने र प्राबिधिक शिक्षालय स्थापनाका लागि जग्गा खरिद गरि भवन लगायतका पुर्वाधार तयार गर्न आर्थिक स्रोत जुटाउन स्वर्ण जयन्तीको अवसर पारेर अभियान सुरु गरीएको हो ।bhim mabi 2

हालसम्म जीतबहादुर घर्तिमगरले सबैभन्दा धेरै २० लाख एक हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको मूल समारोका सह सचिव भकबहादुर घर्तिमगरले जानकारी दिए । प्रवासी, देशका विभन्नि सहर र गाउँमा सञ्चालन गरिने चन्दा संकलन अभियान एक वर्षसम्म जारी रहने जनाइएको छ । एक करोड २० लाख चन्दा संकलन गर्ने लक्ष्य रहको विद्यालयको प्रधानाध्यापक डम्मर घर्तिले जानकारी दिए ।

स्वर्ण जयन्तीको अवसरमा आयोजित १० टिम सहभागि जिल्ला स्तरिय अन्तर मावि छात्र फुटवल प्रतियोगितामा जनप्रिय उच्च मावि दरवाङ बिजेता र आयोजक विद्यालयको टिम उपबिजेता हुदै क्रमश नगद तीस र बिस हजारको साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी अन्तर मावि स्तरिय छात्रा भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको आयोजना गरिएपनि विद्यालयहरु विदा भएको र सहभागीता नभएको कारण १३ गतेसम्म हुने भनिएको कार्यक्रम छोट्याएर १० गतेनै समापन गरिएको स्वर्ण जयन्तीका मूल संयोजक दिलबहादुर पुनले बताए ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले विविध साँगीतिक प्रस्तुती गरेका थिए । वि.स २०१६ सालमा स्थापना भएको भिम माविले २०३७ मा निमावी र २०५१ मा मावि तहको पठनपाठन सुरु गरेको थियो ।