ताजा समाचार:
Search

भारतीय राजदुत रे घोडेपानीमा सुटुक्क आएपछि …….

सन्तोष गौतम/विकल्प न्यूज
घोडेपानी(म्याग्दी) १० बैशाख ।
नेपालका लागि भारतीय राजदुत रणजीत रे पदयात्राका लागि शुक्रबार म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा आउनुभएको छ ।
पर्यटन प्रर्वद्धन र पुर्व भारतीय सैनीकहरुसंग भेटघाटका लागि राजदुतावासको चार सदस्यीय टोली घोडेपानी आएको हो । टोलीमा राजदुत रेको साथमा पोखरा स्थित भारतीय सैनीकको पेन्सन बोर्डका कर्णेल मनराजसिंह महत र दुई जना दुतावासका कर्मचारी संलग्न रहेका छन् । IMG_8748
पर्यटन प्रर्वद्धन र भारतीय सैनीकका भुपुहरुसंग भेटघाटका लागि व्यक्तिगत भ्रमणमा निस्कीएको कर्णेल महतले जानकारी दिनुभयो । पोखराबाट सदरमुकाम बेनी, भुरुङ तातोपानी घार शिख हुदै चित्रसम्म सडक मार्ग भएर आएको उक्त टोलीले चित्रेदेखि डेढघण्टा पदयात्रा गरेर घोडेपानी पुगेको हो ।

राजदुतको टोलीलाई भुरुङ्ग तातोपानी, शिख र घोडेपानीका बासिन्दा, आमा समूह र युवा कल्वले स्थानीय संस्कार अनुसार स्वागत गरेका थिए । दुई दिने भ्रमणका क्रममा कुनै औपचारीक कार्यक्रम नरहने कर्णेल महतले बताउनुभयो । भारतीय पर्यटकहरुलाई यस क्षेत्रका पर्यटकीय स्थलको भ्रमणका लागि प्रोत्साहन गर्ने पदयात्रामा आउनुको मुख्य उद्देश्य रहेको महतको भनाई छ ।IMG_8750

राजदुत रेको टोलीलाई पुर्व भारतीय सैनीकहरुले विद्यालय भवन, खानेपानी, विद्युत आयोजनामा सहयोग गर्न अनुरोध पनि गरेका छन् । भारतीय राजदुतको घोडेपानी भ्रमणले नेपाल र भारतबिचको सम्बद्ध सुधारका लागि सकारात्मक सन्देश प्रवाहका साथै यस क्षेत्रमा भारतीय पर्यटक भित्र्याउन मद्दत पुग्ने घोडेपानीका होटल ब्यवसायी डमबहादुर पुनले बताउनुभयो ।
उहाँले विकास निर्माण र भारतीय सैनीकमा लामो समय काम गरेका भुपुहरुको समस्या समाधानका लागि पनि भ्रमण फलदायी हुने भारतीय सैनीकका सेवा निवृत क्याप्टेन समेत रहनुभएका पुनको भनाई छ । राजदुत रेले शनिबार बिहान घोडेपानीदेखि पुनहिलसम्म पदयात्रा गरेर सुर्योदय, गुरासे जंगल र हिमशृङ्खलाको दृष्यअवलोकन गर्ने कार्यक्रम छ ।

समुन्द्रि सतहदेखि तिन हजार दुई सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट सुर्योदय र तिस भन्दा बढी हिमशृङ्खलाको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्य मानिने घोडेपानीमा भारतीय सैनीकबाट अवकास प्राप्त भुपुहरुको बाहूल्य बसोबास छ । राजदुत रेको भ्रमणलाई लक्षित गरेर प्रहरीले घोडेपानी क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाएको छ ।