ताजा समाचार:
Search

अवैध घरेलु बन्दुकसहित एकजना पक्राउ

विकल्प न्यूज/बेनी
बैशाख १० गते ।
पश्चिम म्याग्दीको दरबाङ–७ दिच्यामबाट एकजना अवैध घरेलु बन्दुकसहित पक्राउ परेका छन् । दिच्यामको गुफाटोल बस्ने ४८ वर्षीय खिमानन्द निउरेलाई इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । police office
गोप्य सूचनाको आधारमा निउरेको घरमा पुगेको प्रहरीले खानतलासी गर्दा गोठमा गहुँको नलपराल र चिलाउनेको स्याउलाभित्र लुकाइराखेको अवस्थामा अवैध घरेलु एकनाले भरुवा बन्दुक १ थान, प्लाष्टिकको बट्टामा कालो बारुदजस्तो देखिने धुलो २५० ग्राम र लिड सिसा ५०० ग्राम भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

उक्त सामानहरु बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । उक्त बन्दुक बनजङ्गलमा संरक्षित बन्यजन्तुको चोरी शिकारीमा प्रयोग हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पछिल्लो समय सक्रियता बढाएको म्याग्दी प्रहरीले यसअघि पनि पश्चिम भेगबाट ठूलो परिमाणमा अवैध र प्रतिबन्धित जडिबुटीहरु फेला पारेको थियो ।