ताजा समाचार:
Search

बेनीमा छैठौं जिल्ला बालक्लब स्तरीय भेला तथा अधिवेशन शुरु

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख १०
जिल्ला बाल सञ्जाल म्याग्दीको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौं जिल्ला बालक्लबस्तरीय भेला तथा अधिवेशन शुरु भएको छ । जिल्ला विकास समिति म्याग्दी, महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । IMG_0044
‘बालबालिकाको कुरा सुनौं बाल दुव्र्यवहार अन्त्य गरौं, अर्थपूर्ण बाल सहभागीता सुनिश्चितताको लागि प्रतिबद्धता जाहेर गरौं’ भन्ने मूल नारासहित बाल भेलाको आयोजना गरिएको जिल्ला बाल सञ्जाल म्याग्दीले जनाएको छ ।

बालक्लबस्तरीय भेला तथा अधिवेशनको उद्घाट गर्दै म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले बालअधिकार उल्लङ्घनका घटनाहरु घटेमा सामान्य निवेदनका आधारमा पनि अदालतमा उजुरी दिन सकिने बताए ।
उनले बालअधिकार हननका घटनाहरु अदालतसम्म पु¥याएर सहयोग गर्न आग्रह गर्दै निवेदनको छानविन गरी पीडितलाई न्याय र पीडकलाई कार्वाही गरिने बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले गाउँगाउँमा बालविवाह समस्याका रुपमा रहेकाले इच्छा विपरीत गरिने बाल विवाहको आफूलाई जानकारी गराउन निर्देशन दिए ।IMG_0042

उनले विद्यालयमा शिक्षक विद्यालय नआएमा, नपढाएमा र समयमा कोर्ष नसकेमा आफूलाई सूचना दिन बालबालिकालाई आग्रह गरेका छन् ।
स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले स्थानीय निकायमा आउने बजेटमध्ये १५ प्रतिशत बालबालिकाको क्षेत्रमा नै खर्च गर्ने गरिएको दावी गर्दै अन्य जिल्लाको तुलनामा म्याग्दीमा त्यस्तो नभएको बताए । कार्यक्रममा बालबालिकाहरुले बालगीत गीतसङ्गीत नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आयोजना गरिएको निबन्धलेखन प्रतियोगितामा प्रथम न्यु वेष्ट प्वाईन्टकी कृतिया श्रेष्ठ, द्वितीय मुक्तिधाम उच्च मावि राखुभगवतीका साधना कटुवाल र तृतीय बेनी आवासीय माविका प्रतिभा सुवेदीलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । IMG_0019

त्यस्तै जिल्ला बाल सञ्जालमार्फत बेनपा–७ राहुघाटका कक्षा २ मा अध्ययनरत पुनम खत्रीलाई नगद २ हजार र बेनपा–७ फोटेका बेलबहादुर, लभ र कुश विकलाई नगद ३ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

IMG_0009(1)
कार्यक्रममा राष्ट्रिय बाल सञ्जाल नेपालका अध्यक्ष सुरेश गुप्ता, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, नेपाली काँग्रेस म्याग्दीका प्रतिनिधि टंक हमाल, क्षेत्रीय बाल सञ्जालका अध्यक्ष भावना पन्त, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल र बालकल्याण समिति सदस्य सन्तोष रावलले मन्तव्य राखेका थिए ।
बालकल्याण अधिकृत मिठु आचार्यले स्वागत गरेको कार्यक्रमको जिल्ला बाल सञ्जाल म्याग्दीका अध्यक्ष शिव विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष दिपक परियार र सदस्य रञ्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले जिल्ला बाल सञ्जालको नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने छ ।