ताजा समाचार:
Search

क्याम्पसका सुरक्षागार्ड आफैले मापसे गरेर वितण्डा गरेपछि ……….

विकल्प न्यूज/बेनी
म्याग्दी,१० बैशाख । क्याम्पसको सुरक्षा गर्न बसेका कर्मचारी आफैले मापसे गरेर वितण्डा मच्चाएको सुन्दा झट् पत्याउन कठिन होला तर म्याग्दी क्याम्पसका सुरक्षाकर्मीले मादक प्रदार्थ सेवन गरेर शैक्षिक संस्थामा वितण्डा मच्चाएका छन् ।

IMG_20160421_203508  ति सुरक्षा गार्डले मापसे गरेर आफु बस्ने क्याम्पसको संरचना भत्काएका हुन । म्याग्दी क्याम्पसमा सुरक्षार्थ खटिदै आएका बेग गाविसका टु प्रसाद सेरपुञ्जा –मिलन)ले रक्सी खाएर क्याम्पसले आफैलाई बस्न दिएको पुरानो चमेना गृह भत्काएको म्याग्दी क्याम्पस स्रोतले जानकारी दिएको छ ।

सुरक्षा गार्ड भएर क्याम्पस परिसर र भौतिक संरचनाहरुलाई संरक्षरण गर्नु भन्दा जाड रक्सी पिएर संरचनानै भत्काएका मिलनलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । IMG_20160421_203504

बिहिबार करिव ८ बजे तिर रक्सीले मदहोस भएका मिलनले अश्लील शब्द प्रयोग गरि आफु बस्ने कोठाको माथि छानोमा ढुङ्गा हानेको स्थानीय छिमेकीहरु बताउछन ।

हरेक दिन परिवार संगै भएको समयमा जाड रक्सी खाएर आई बिभिन्न अश्लील शब्द प्रयोग गदै कराउदै गरेर छरछिमेकको बातावरण समेत खलबलाएको र पटक पटक क्याम्पसलाई जानकारी गराउँदा पनि कारबाही नगरेको क्याम्पस चोकमा वस्ने बरिष्ठ पत्रकार घनश्याम खड्काले बताउनुभयो ।