ताजा समाचार:
Search

भिम मावीको स्वर्णजयन्ती समारोहको तयारी पुरा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ बैशाख ।
म्याग्दीको देविस्थान ३ राजदाङमा रहेको भिम माविको सोमबारदेखि सुरु हुदै स्वर्ण जयन्ती समारोहको तयारी पुरा भएको छ ।

विद्यालय स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा बैशाख १३ गतेसम्म विबिध कार्यक्रम सहित मनाउन लागिएको स्वर्णजयन्ती समारोहको प्रचारप्रसार, व्यवस्थाकीय र पुर्वाधार निर्माण लगायतका तयारी पुरा भएको हो ।

स्वर्णजयन्ती समारोह स्थल भिम मावि परिसरलाई ध्वजापटकाले सिगारीएको छ भने स्थानीय आमा समूह, युवा कल्व, वन समूह लगायत संघ संस्थाले गाउँका विभिन्न ठाउँमा स्वागतद्धार निर्माण गरेका छन् । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले उद्घाटन गर्नुहुने समारोहका लागि मञ्च निर्माण भैसकेको र सबै तयारी पुरा भएको विद्यालयका प्रअ डम्मरबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।DSC02492

वि.स २०३७ मा निमावी र २०५२ मा मावि तहको पठनपाठन सुरु गरेको उक्त विद्यालयको स्वर्ण जयन्तीको अवसरमा जिल्ला स्तरीय अन्तर मावि छात्र फुटबल, छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी पुरुषोत्तम न्यौपाने, जानकी तरामी मगर, कुमार पुन, निसा गुरुङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुतीका साथै नृत्य प्रतियोगिता हुने भएको छ ।

स्वर्णजयन्तीको अवसरमा पुस्तकालय स्थापना गरि व्यवस्थित रुपमा सञ्चालन गर्ने, कम्प्युटर ल्याब स्थापना गर्ने, बालबिकास केन्द्रलाई ब्यवस्थित र सुबिधासम्पन्न बनाउने, विद्यालय परिसर घेराउ गर्ने र प्राबिधिक शिक्षालय स्थापनाका लागि जग्गा खरिद गरि भवन लगायतका पुर्वाधार तयार गर्न आर्थिक स्रोत जुटाउन अभियान सुरु गरिएको छ ।