सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ५ बैशाख ।
एक वर्षअघिको भुकम्पबाट क्षत्ती पुगेका म्याग्दीका चार वटा विद्यालय भवनको पुननिर्माणका लागि बेल्जीयमबाट प्रवासीहरुले नगद सहयोग गरेका छन् ।
प्रवासी नेपाली म्याग्देली संघ (मोना) बेल्जीयमले चार वटा भुकम्प प्रभावित विद्यालयको पुननिर्माणका लागि आईतबार बेनीमा म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा नगद ७५ हजार रुपैयाँका दरले उपलब्ध गराइएको हो ।
मुक्तिमार्ग उच्च मावि घार, भानु उच्च मावि रत्नेचौर, महेन्द्ररत्न उच्च मावि बरंजा र हिमालय प्रावि पिप्लेलाई ७५ हजारका दरले तिन लाख रुपैया नगद उपलब्ध गराइएको थियो । प्रमुख जिल्ला अधिकारी केशव आचार्य, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले नगद हस्तान्तरण गर्नुभएको थियो ।
मोना बेल्जीयमले यसअघि भुकम्प प्रभावित चार वटा विद्यालयको भवन पुननिर्माणका लागि ओमकुमारी शान्ति कोष मार्फत ७५ हजार रुपैयाका दरले नगद उपलब्ध गराएको थियो । सम्बिन्धित विद्यालयका प्रतिनिधिहरुलाई नगद हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सहयोगको सदुपयोग गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा जिशिअ अधिकारी, मोना कतारका सल्लाहकार बिक्रम कार्की, नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षता, महासचिव राजेश शाक्यको सञ्चालन र बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यको धन्यवाद मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
1 thoughts on “मोना बेल्जियमद्वारा भूकम्प प्रभावित विद्यालयलाई सहयोग”