ताजा समाचार:
Search

घाइते गिद्धको उद्धार गरि उपचार

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ चैत ।
म्याग्दीको बेनीमा घाइते अवस्थामा भेटिएको संकटापन्नको सूचीमा रहेका पंक्षी गिद्धको उद्धार गरि उपचार सुरु गरिएको छ ।

बेनी बजारको मंगलाघाटमा शनिबार दिउँसो खेल्न गएका बालबालीकाहरुले घाइते अवस्थामा गिद्ध भेटेपछि बन कार्यालयलाई खबर गरेर उद्धार गरिएको थियो । बेहोस अवस्थामा भेटिएको गिद्धलाई वन कार्यालयले जिल्ला पशु सेवा कार्यालयमा राखेर उपचार गरिरहेको छ । DSC00341
पखला लागेर बिरामी भएको उक्त गिद्धको घाँटी नजिकै चोट लागेर घाइते भएको छ । गिद्धको औषधि उपचार गरेर निको भएपछि जंगलमा लगेर छाडिने जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले बताउनुभयो ।DSC00335

वातावरणीय सरसफाई र ईको स्टिममा महत्वपूर्ण योगदान गर्ने गिद्ध प्रजातीको पंक्षीलाई संकटापन्न रुपमा सूचिकृत गरिएको छ । मरेका पशुहरुको सिनो खाएर गिद्धले वातावरण प्रदुषण नियन्त्रणका लागि सहयोग गर्ने वन अधिकृत जयसवालले बताउनुभयो ।