विकल्प न्यूज/बेनी
म्याग्दी ५ बैशाख ।
म्याग्दीको बेनीबाट लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेनीको कालीपुल बसपार्क स्थित एक होटलबाट पोखरा उपमहानगरपालीका ६ का मनिष अधिकारी र पर्वतको आर्थर –५ का कृष्ण रानालाई लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट डाईजापाम ईन्जेक्सन २९ थान, लुपिजेसि ईन्जेक्सन २८ थान, फेनरिगन २५ थान र गाजाँ ५ ग्राम बरामद गरीएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । शनिबार पक्राउ परेका उनिहरुलाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
सवारी मजदुर रहेका उनिहरुले बाहिरी जिल्लाबाट बेनीमा लागुऔषध ओसार पोसार गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । उनिहरुसंग थप अनुसन्धान जारी रहेको प्रनाउ खड्काले बताउनुभयो ।