ताजा समाचार:
Search

बेनी दरवाङ सडकमा समय तालीका अनुसार गाडी छुट्ने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ बैशाख ।
सडक सञ्चालनमा आएको दश वर्षपछि म्याग्दीको सदरमुकाम बेनी देखि पश्चिमी क्षेत्रलाई जोड्ने बेनी–दरवाङ सडकमा समय तालीका अनुसार सवारी सञ्चालन हुन थालेको छ ।

वि.स २०६३ दसैताका दरवाङमा मोटरबाटो पुगेयताको एक दशक गाडीमा यात्रु भरिएपछि मात्रै छुट्ने गरेको थियो । सो रुटमा सार्वजनीक सवारी सञ्चालन गर्दै आएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले २०७३ बैशाख १ गतेदेखि समय तालीका अनुसार गाडी छुटाउन सुरु गरेको हो ।Myagdi samitee

बेनी देखि बिहान ७ बजे नराले, ८ बजे शिवाङ, ९, १०, ११, १२ र १ बजे दरवाङ, १.३० बजे शिवाङ, २.३० र ३.३० मा दरवाङ, ३.४५ मा थाईवाङ, ४ बजे कुहुँ, ४.३० र ५.४५ बजे दरवाङगका लागि अन्तिम गाडी छुट्ने समितिले जनाएको छ । बेनीबाट छुट्ने समयमा अर्को ठाउँबाट पनि बेनीका लागि गाडी छुट्ने व्यवस्था गरिएको समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

निर्धारीत समय भन्दा अघिनै यात्रु संख्या पुगेको अवस्थामा तत्कालै गाडी छुटाइने भएको छ । समितिको यस्तो व्यवस्थासंगै बसपार्क र बिच बाटोमा गाडी कुरेर बस्नुपर्ने समस्याको अत्य भएको छ । बेनी दरवाङ रुटमा म्याग्दी जिप तथा बस सञ्चालक समितिका ६५ वटा माईक्रो र मिनीबसले सेवा दिदै आएका छन् ।