विकल्प न्यूज/बेनी
बैशाख ५ गते ।
एकिकृत नेकपा माओवादीको बेनी नगरपालीका १३ र १४ नम्बर बडाको प्रथम संयुक्त वडा सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले १३ नम्बर वडामा चिन्तामणी उपाध्यायको अध्यक्षतामा भिम थापा उपाध्यक्ष, नारायण केसी सचिव, छवी कडेल सहसचिव र गिता बिक कोषाध्यक्ष रहनुभएको पछि दुई थप गर्नेगरी १५ सदस्यीय वडा कमिटि चयन गरेको छ ।
कमिटिको सदस्यहरुमा दिर्घबहादुर केसी, डेगबहादुर खड्का, दिपक सुवेदी, बिरबहादुर नेपाली, गुरुदत्त पौडेल, लेखनाथ पौडेल, गौरीश्वर सुवेदी र कुमार बि.क रहनुभएको छ ।
यसैगरी बेनपा १४ मा तेजबहादुर बानियाको अध्यक्षतामा हिरासिङ थापा उपाध्यक्ष, भरत पौडेल सचिव, देवेन्द्र चोखाल सहसचिव र संगिता पुन कोषाध्यक्ष रहनुभएको पछि एक थप्ने गरि १७ सदस्यीय वडा कमिटि गठन भएको छ ।
कमिटिको सदस्यहरुमा रवी बानिया, बलबहादुर केसी, हर्कबिर थापा, बाबुराम केसी, दिपेन्द्र केसी, रत्ना खड्का, पुरन केसी, महेन्द्र सापकोटा, अकोश किसान, सबिन मिजार र गोपाल मिजार रहनुभएको छ ।
एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सदस्य कुशल पौडेल, सदस्य भगवान खड्का र अनेमसंघ क्रान्तिकारीका अध्यक्ष ज्योती लामिछानेको उपस्थितीमा सम्मेलन सम्पन्न भएको थियो ।