ताजा समाचार:
Search

कालगण्डकी नदीमा बगेकाको उद्धार

विकल्प न्यूज/बेनी
बैशाख ४ गते ।
म्याग्दीको बेनीमा शनिबार कालीगण्डकी नदीमा बगेका दुई किशोरको उद्धार गरिएको छ । बल खेल्ने क्रममा खोलामा गएपछि छोप्ने क्रममा नारच्याङ २ का १६ वर्षिय तरुण फगामी र दरवाङ २ का तेजिन पुनलाई कालीगण्डकीले बगाएको थियो ।kali gandaki

उनिहरुलाई खोलाले बगाएको देखेपछि तत्कालै प्रहरी र स्थानीयबासीहरु उद्धारमा परिचालन भएका थिए । न्यु वेष्ट आवाशिय उच्च माविका अध्ययनरत उनिहरु बल खेल्ने क्रममा खेलमैदान बाहीर हुदै नदीमा पुगेको थियो । दुई जनालाई सकुशल उद्धार गरेर शिक्षकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । file photo