ताजा समाचार:
Search

रेडक्रस उपशाखा छापा गठन

विकल्प न्यूज/बेनी
म्याग्दी, वैशाख ४ – म्याग्दीको बेनी नगरपालिका–५ छापामा नेपाल रेडक्रस सोसाइटीको उपशाखा गठन भएको छ । छापामा सम्पन्न उपशाखाको प्रथम अधिवेशनले बालबहादुर महत (ध्रुब)को सभापतित्वमा ९ सदस्यीय शाखाको कार्यसमिति गठन गरिएको हो । 12974471_1023474434387545_4515242261266742610_n(1)
अधिवेशनबाट उपशाखाको उपसभापतिमा दिर्घबहादुर बानियाँ, सचिवमा कृष्णबहादुर बानियाँ, कोषाध्यक्षमा देवी शर्मा रेग्मी, उपसचिवमा लालबहादुर केसी, सहकोषाध्यक्षमा मीना शर्मा र सदस्यमा गणेशबहादुर बानियाँ, स्यानीमाया कार्की र भीमबहादुर खत्री चयन भएका छन् । 12998676_1023473991054256_6993800371268333040_n
रेडक्रस म्याग्दी शाखाका उपसभापति सुवासकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आजीवन सदस्यद्वय लालबहादुर खत्री र भीमबहादुर खत्रीले मन्तव्य राखेका थिए । कार्यक्रम तदर्थ समिति संयोजक बालबहादुर महतको अध्यक्षता, सदस्य कृष्ण बानियाँको सञ्चालन र गणेशबहादुर बानियाँको स्वागतमा सम्पन्न भएको थियो । गएको फागुन महिनाको २८ गते गठित तदर्थ समितिले आजीवन र साधारण गरी ७१ जना सदस्यहरु बनाएपछि उपशाखा विस्तार गरिएको बताइएको छ ।