ताजा समाचार:
Search

युके निवासी पुन परिवारद्धारा कुहुँका संघ संस्थालाई डेढ लाख सहयोग

विकल्प न्यूज/बेनी
बैशाख ४ गते ।

म्याग्दीको कुहुँ घर भई हाल बेलायतमा बस्दै आएका एक परिवारले कुहुँका संघ संस्थालाई डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

बेलायतको गोर्खा सैनीकको सेवानिवृत मिनबहादुर पुन, उहाँकी श्रीमती आसा पुन र छोरा आस्मिन पुनले एक लाख ५० हजार एक सय रुपैया सहयोग गर्नुभएको हो । दिपशिखा उच्च माविलाई ५० हजार एक सय, सिम कुहुँ मोटरबाटोलाई बिस हजार, देउराली युवा कल्व कुहुँलाई १५ हजार, कुहुँ ४ को आमा समूहलाई १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । Kuhun Help (2)
यसैगरी पुख्यौली समूह, मनकामना युवा कल्व कुहुँ ६ तुसारेपानी, नौमती पञ्चेबाजा समूह कुहुँ, ३ नम्बर वडाको आमा समूह र ६ नम्बर वडाको आमा समूहलाई दशदश हजार रुपैयाँ सहयोग गर्नुभएको कुहुँबाट एकजित रोकाले जानकारी दिनुभयो । यसअघि पनि गाउँका विभिन्न संघ संस्थालाई सहयोग गर्नुभएका पुन परिवारलाई जन्मगाउँमा आएको अवसरमा कुहुँका विभिन्न संघ संस्थाले स्वागत तथा सम्मान गरेका छन् ।