ताजा समाचार:
Search

आगलागी नियन्त्रणमा समुदाय जिम्मेवार बन्नुपर्छ ः प्रनाउ पन्त

विकल्प न्यूज
पर्वत, मिलनचोक  वैशाख ४
पर्वतका प्रहरी नायव उपरीक्षक गंगा पन्तले आगलागी नियन्त्रण गर्नका लागि स्वयं समुदाय नै जिम्मेवार बन्नुपर्ने बताएकी छिन् ।

धाईरिङ गाविसको आर्थिक सहयोग, मिलनचोक प्रहरीचौकी र महिला सुधार आमा समूहको आयोजनामा शनिबार पर्वतको धाईरिङ–५ मिलनचोकमा सम्पन्न आगलागीसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
लामो समयसम्म खडेरी परेका कारण पछिल्लो समय देशैभरी आगलागीका घटनाहरु बढेको बताउँदै प्रनाउ पन्तले वनजङ्गलमा लाग्ने आगोको न्युनीकरण गर्न समुदाय अग्रसर बन्नुपर्ने बताइन् । उनले पर्वत जिल्लामा मात्रै आगलागीका १७ ओटा घटना घटेको भन्दै त्यसको नियन्त्रण गर्न समाजमा शिक्षक, विद्यार्थी र सरोकारवाला निकायबाट जनचेतना फैलाउनुपर्ने धारणा राखेकी थिइन् । IMG_0023
आगलागी र डढेलोका कारणले वायुमण्डल तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको हुँदा व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रनाउ पन्तको भनाई छ । वनजङ्गलमा सकभर डढेलो नलगाउने र लागिहालेमा सबै मिलेर निभाउनुपर्ने बताउँदै उनले जथाभावी आगो लगाउँदै हिँड्ने व्यक्तिलाई कानुनअनुसार कडा कार्वाही हुने प्रतिबद्धता समेत जनाइन् । IMG_0006
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटाले अग्नी व्यवस्थापन तथा  नियन्त्रणसम्बन्धी विषयमा सहजीकरण गरेका थिए । उनले आगलागीका हुनसक्ने कारणहरु, त्यसबाट पर्ने असर एवं समाधानका उपायलगायतका बारेमा बोलेका थिए ।
कार्यक्रममा फर्से धाईरिङ माविका प्रधानाध्यापक मुकुन्दप्रसाद शर्मा, समाजसेवी सुर्यप्रसाद न्यौपाने, मिलनचोक बजार व्यवस्थापन समितिका अध्यक्ष वेदनाथ आचार्य, महिला सहभागी बिसमाया पुन र कान्तिपुर राष्ट्रिय दैनिकका पर्वत संवाददाता अगन्धर तिवारीले मन्तव्य राखेका थिए ।
कार्यक्रम धाईरिङ गाविस सचिव दुर्गाप्रसाद शर्माको अध्यक्षता, महिला सुधार आमा समूह सदस्यद्वय जमुना आचार्यको स्वागत र सुश्मा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।