ताजा समाचार:
Search

म्याग्दीमा कक्षा ६ र ७ को पाठ्यपुस्तक अभाव

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० चैत ।
म्याग्दीका सामुदायीक विद्यालयहरुका लागि कक्षा ६ र ७ को पाठ्यपुस्तकको अभाव भएको छ । अन्य कक्षाका पाठ्यपुस्तक सम्बन्धित विद्यालय र गाउँका पुस्तक पसलमा ढुवानी भैसके पनि ६ र ७ कक्षाको पुस्तक भने जिल्लामा पर्याप्त मात्रामा भित्रीएको छैन् ।book

सरकारले जनक शिक्षा र निजी क्षेत्र कसलाई पुस्तक छाप्न दिने भन्ने विषयमा निर्णय गर्न ढिलाई गर्दा नयाँ शैक्षिक सत्र सुरु हुन लागेपनि पुस्तक ढुवानी हुन नसकेको पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय सदस्य लिलाराम गौतमले बताउनुभयो । व्यवसायीका अनुसार पुस्तकनै नछापिएकाले ६ र ७ को पुस्तक जिल्लामा आयात हुन सकेको छैन् ।
म्याग्दीमा एक देखि पाँच सम्मका लागि एउटा विषयको तिन हजार सेट र छ देखि दश कक्षा सम्मका विद्यार्थीका लागि एउटा विषयको दुई हजार छ सय सेट पुस्तक आवश्यक पर्छ । मंगलबार बेनीका पुस्तक पसलहरुको अनुगमन गरेको जिल्ला शिक्षा कार्यालयको टोलीले म्याग्दीमा आवश्यक पर्ने मध्य कक्षा ६ र ७ को सत्तरी प्रतिशत मात्रै पुस्तक भित्रीएको जनाएको छ ।

अन्य कक्षा र निजी विद्यालयको पाठ्यपुस्तक भने पर्याप्त रहेको र व्यवस्थित रुपमा वितरण भएको शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताउनुभयो । स्रोत व्यक्तिहरुलाई परिचालन गरेर पुस्तक वितरणलाई व्यवस्थित बनाउने र अभाव भएको पुस्तक उपलब्ध गराउन माथिल्लो निकायहरुमा पहल गर्ने थापाले बताउनुभयो ।