सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० चैत ।
बेनीको खुल्लामञ्चमा रहेको दुर्गाभगवती मन्दिर परिसरमा श्रीमद भागवती ज्ञान महायज्ञ सुरु भएको छ ।
धार्मीक कार्य मार्फत मानव कल्याणको कामना गर्ने उद्देश्यले चैत २९ गतेदेखि सुरु भएको महायज्ञ बैशाख ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महायज्ञमा पण्डीत निलकण्ठ शर्माले कथावाचन गर्नुहुने आयोजकले जनाएका छन् ।
महायज्ञबाट संकलन हुने रकम मन्दिरको संरक्षण कार्यलाई निरन्तरता दिने, प्रचारप्रसारको माध्यमबाट धार्मीक पर्यटक भित्र्याउने, थप पुर्वाधार तयार गर्ने र पुजा ब्यवस्थापनका लागि कोषमा जम्मा गरिने मुल संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वि.स २०३३ सालमा स्थापित र २०५७ सालमा थप पुर्वाधार निर्माण भएको मन्दिरलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्नका ४३ लाख रुपैया लगानीमा पुर्वाधार निर्माण भएको छ ।