ताजा समाचार:
Search

रामनवमी महामहोत्सवको पाँचौ दिनसम्म करिब १८ लाख रुपैयाँ संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० चैत ।

पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा सञ्चालन भएको श्रीमद् भागवत रामनवमी महामहोत्सवको पाँचौ दिन मंगलबारसम्म करिब १८ लाख रुपैयाँ संकलन भएको छ ।

राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा शुक्रबारदेखि सुरु भएको महोत्सवको मंगलबारसम्म १७ लाख ९६ हजार ३२ रुपैयाँ संकलन भएको आयोजकले जनाएका छन् ।

मंगलबार तेजबहादुर बरुवाल र सुर्यबहादुर जिसीले ५१ ह्जार १११का दरले सहयोग गरेर सभानायक बन्नुभएको राममन्दीर संरक्षण समितिका सचिव लोकनाथ रेग्मीले जानकारी दिनुभयो । बैशाख ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डीत कमलनयन गौतमले कथाबाचन गर्नुभएको छ ।DSC02549

कालीगण्डकी र राहुघाट नदीको संगम, कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार, शालग्राम संग्राहलय र गलेश्वरको नजिकै रहेको राममन्दिरको प्रचारप्रसार गरि धार्मीक पर्यटक भित्र्याउने तथा पुर्वाधार विकासका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको हो ।

राममन्दिर परिसरमा आश्रम निर्माण गरी त्यसलाई सेवा सूचारु दिन र दैनिक पुजाआजा सञ्चालन गर्न कोष स्थापना गर्ने, मन्दिर प्रवेशद्धार, सत्संग भवन निर्माण र आश्रम स्थापना गर्ने उद्देश्य राखिएको छ ।