विकल्प न्यूज/बेनी
म्याग्दी ३० चैत ।
म्याग्दीको सिम देखि कुहुँ जोड्ने मोटरबाटोलाई एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । कुहुँ ४ का रुपेश राम्जाली र बलबहादुर राम्जालीले स्वर्गीय बुवा कुलप्रसाद राम्जालीको स्मृतीमा सडकका लागि ६० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।
यसैगरी कुहुँ ४ घर भई हाल बेलायत बस्नुहुने मनकुमारी राम्जालीले दिवंगत श्रीमान गोरे राम्जालीको स्मृतीमा नगद ५५ हजार रुपैया सहयोग गर्नुभएको कुहुँबाट एकजित रोकाले जानकारी दिनुभयो । राम्जाली परिवारले कुहुँका आमा समूह, विद्यालय, कल्व र सामाजिक काममा आर्थिक सहयोग गर्दै आउनु भएको छ । सन्तोष गौतम