विकल्प न्यूज
म्याग्दी ३० चैत ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति म्याग्दीले आधिकारीक टे«ड युनियनको निर्वाचनका लागि नयाँ परिस्थितीमा नयाँ निर्वाचन कार्यक्रम घोषणा गर्न माग गर्दै मंगलबार बिरोधपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष दिपकलाल पालको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी केशव आचार्य मार्फत सरकार र जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा बिरोधपत्र बुझाएको हो । चैत २९ गते हुने भनिएको निर्वाचन बिना छलफल सरकारले एकलौटी दंगले बैशाख १० गतेलाई राखेकोप्रती संगठनले असहमती जनाएको छ ।
१० गतेको निर्वाचनका लागि गैरकानुनी रुपमा अघि बढाइएका कामकारबाहि स्थगित गरि नयाँ निर्वाचन कार्यक्रम घोषणा गर्नुपर्ने संगठनले माग गरेको छ । साथै संगठनका केन्द्रिय अध्यक्ष शरणकुमार गुरुङ र कार्यालय सचिव गणेशलाल महर्जनलाई यातना दिएर ३५ घण्टा भन्दा बढी समयसम्म हिरासतमा राखेको भन्दै आपत्ति जनाएको छ । सन्तोष गौतम