विकल्प न्यूज/बेनी
चैत ३० गते ।
बेनी बजार बालमन्दिर चोकमा वस्ने जुना घिमिरेले चैत २९ गते सोमबार साँझ ७ बजे बालमन्दिर चोक स्थित सडकमा एउटा कालो व्याग फेला पारिन । ब्याग फेला परेपछि उनले उक्त व्यागलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने निधो गरिन ।
प्रहरीले उक्त व्यागको चेकजाँच गर्दा व्यागमा रु दशहजार रुपियाँ पैसा फेला पा¥यो । पैसा सँगै महत्वपूर्ण केही कागजात पनि रहेछ व्यागमा । कागजातमा मोवाइल नम्बर पनि फेला प¥यो । प्रहरीले फोन लगायो उक्त नम्बरमा । फोन गरेपछि पत्ता लाग्यो उक्त व्याग भरतपुर नगरपालिका वाड नं ९ वस्ने वर्ष ५२ का पृथ्वी प्रसाद सापकोटाको रहेछ भन्ने कुरा । उनी पैसा सहितको व्याग हराएपछि रन्थनीयका सापकोटा प्रहरी कार्यालयमा आएर पैसा सहितको व्याग पाएपछि खुसि हुँदै आफ्नो गनतव्य तिर लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इमान्दार जुनाको यस्तो इमान्दारितालाई हाम्रो पनि सलाम ।