विकल्प न्यूज/बेनी
म्याग्दी २९ चैत ।
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरि ३७ औ शिक्षक दिवस मनाएको छ । दिवसको अवसरमा संगठनको १७ औ जिल्ला परिषद् बैठक पनि सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रशिक्षणका साथै संगठनले यस अघि शिक्षक सहकारी स्थापना गर्न गरेको निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै संगठनका केन्द्रिय उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख कृष्णप्रसाद घिमीरेले शिक्षकको महत्व र अस्तिवत्व कायम गर्न शैक्षिक गुणस्तरमा जोड दिनुभयो ।
कार्यक्रममा यस वर्ष स्थाई शिक्षण पेशामा प्रवेश गरेका ७ जना र दिर्घसेवी ११ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो । यसैगरी मणी स्मृती पुरस्कारबाट अर्मनका गुप्तबहादुर रोकालाई नगद एक हजारको साथमा सम्मानपत्रले सम्मान गरिएको थियो । सुरेश स्मृती पुरस्कार हंसबाहीनी निमावी खबराकी भगवती पुनलाई प्रदान गरिएको छ भने बैसरीका पहिरो पिडित शिक्षक संगठनका सदस्य मनबहादुर पुनलाई नगद पाँच हजार रुपैया सहयोग गरिएको थियो । संगठनका जिल्ला अध्यक्ष बालकुमार रोकाको अध्यक्षता, उपाध्यक्ष डेगबहादुर बानियाको स्वागत मन्तब्य र सचिव जयराम सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, शिक्षक संगठनका केन्द्रिय सदस्य जंगबहादुर गर्बुजा, नेपाल शिक्षक युनियनका अध्यक्ष रामप्रसाद सुवेदी, अनेमसंघका अध्यक्ष थमसरा पुन, निजामती कर्मचारी संगठनका उपाध्यक्ष चित्रनाथ शर्मा, अनेरास्ववीयुका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारीका अध्यक्ष मालती खत्री, नेपाल लोकतान्त्रीक आदीवासी जनजाती महासंघका सचिव चन्द्रमान छन्त्याल, पत्रकार महासंघका सचिव गोरखनाथ सुवेदी, वुद्धीजीवी परिषद्का सहसचिव गोविन्द सुवेदी र जिफन्टका उपाध्यक्ष देवी राईले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सन्तोष गौतम