ताजा समाचार:
Search

राहुघाटलाई कम्पनी मोडलमा लैजाने प्रस्तावप्र्रती जिल्लाबासी उत्साहीत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ चैत ।
म्याग्दीमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनालाई कम्पनीको अवधारणामा अघि बढाउने प्रस्तावप्रती जिल्लाबासी उत्साहीत भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजनामा सर्वसाधारणको सेयर लगानी रहने प्रस्ताव सहितको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) प्राधिकरणको सञ्चालक समितिमा पेश भएको छ । ब्यवस्थापीका संसदको कृषि तथा जलस्रोत समितिको सिफारीस अनुसार डिपीआरमा राहुघाटलाई कम्पनीको अवधारणामा निर्माण गर्ने प्रस्ताव गरिएपछि स्थानीय उद्योगी ब्यवसायी, राजनितिक अगुवा, जनप्रतीनिधी र प्रवासीहरु उत्साहीत भएका हुन् ।raugat

भारतीय निर्माण कम्पनी आईभिआरसीएलको कमजोर आर्थिक अवस्थाका कारण निर्धारीत समयमा काम गर्न नसकेपछि उसंगको सम्झौता तोडेर नयाँ प्रक्रियामा आयोजनालाई अघि बढाउने क्रममा कम्पनीमा लैजाने विकल्प प्रस्तुत गरिएको हो । स्थानीय समस्या समाधान हुने, जिल्लाबासीको अपनत्व रहने र लगानीको अवसर पाउने भएकाले राहुघाटमा विद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर रहने गरि कम्पनीको अवधारणमा निर्माण गर्ने प्रस्ताव गरिएको व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सदस्य समेत रहनुभएका म्याग्दीबाट निर्वाचित सांसद नवराज शर्माले बताउनुभयो ।

३२ मेघावाट क्षमत्ताको राहुघाटको क्षमत्ता वृद्धी गरि ४० मेघावाटको बनाउने र कम्पनीमा लैजान आयोजनाको ऋण लगानीकर्ता भारतीय आयात निर्यात बैंकले सैद्धान्तिक सहमती जनाइसकेको छ । नयाँ प्रक्रियासंगै राहुघाटलाई कम्पनीमा लैजादा जिल्लाबासीको लागि राम्रो अवसर प्राप्त हुने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताउनुभयो । ‘निश्क्रिय र अनुत्पादक क्षेत्रमा परिचालन भएको पुँजीको सहि परिचालनका लागि राहुघाट कम्पनीमा जाँदा जिल्लाबासीलाई लगानीको राम्रो अवसर मिल्छ’ महासचिव शाक्यले भन्नुभयो ‘छिटो प्रतिफल प्राप्त गर्ने र बढी मुनाफा हुने भएकाले जलविद्युतको लगानी सुरक्षित मानिन्छ ।’

कम्पनीमा लैजादाँ जिल्लाबासीलाई लगानीको अवसर मिल्ने, अपनत्व महशुस हुने, स्थानीयस्तरमा अवरोध नहुने, नितीगत निर्णयमा धेरै समय अल्झन नपर्ने, नागरीकको चासो र पारदर्शी रुपमा निर्धारीत समयमा आयोजना निर्माण गर्न सकिने भएकाले प्रस्तावलाई पारित गराउन जिल्लाका राजनितिक दलहरुले साझा धारणा बनाएर मन्त्रालय र प्राधिकरणलाई दवाब दिने नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले बताउनुभयो ।

सात अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित वि.स २०६६ सालदेखि सुरु भएको राहुघाटको हालसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्रै छ । ४० मेघावाट बनाउँदा आठ अर्ब ६० करोड लगानी आवश्यक पर्ने डिपीआरमा उल्लेख छ । सिभलि ठेकेदार आईभिआरसीएलको कमजोर आर्थिक अवस्थाका साथै परामर्शदाता कम्पनी छनौट र सामुदायीक वनको रुख काट्ने अनुमती पाउन ढिलाई भएका कारण यसै वर्ष भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य असफल भएको हो ।
म्याग्दीको झिँ र दग्नाम गाविसको सिमानामा बाँध रहने आयोजनाको पिप्ले तिल्केनीचौरमा अडित नम्बर ३ को ६४.५ मिटर सुरुङ र करिब एक किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । झिँ, दग्नाम, पिप्ले, पात्लेखेत, बेनी नगरपालीका ९, पर्वतको बाँसखर्क र माझफाँट गाविस प्रभावित हुने आयोजनाको लगानीमा प्रभावित क्षेत्र र जिल्लाबासीलाई पहिलो प्रथामिकता दिनुपर्ने आवाज उठेको छ ।