ताजा समाचार:
Search

परिवार नियोजन साधनको पहुँच बढाउन नव विवाहित जोडीहरुका लागि शुभकामना कार्यक्रम

विकल्प न्यूज/बेनी
चैत २९ गते ।
परिवार नियोजनका लागि आधुनिक साधनको प्रयोग दरमा सुधार ल्याउन म्याग्दीमा नवविवाहित जोडीहरुमा शुभकामना कार्यक्रम एवम् सामुहिक छलफल अभियान चलाईएको छ । युएसएआईडीको सहयोगमा म्याग्दीमा सञ्चालित (एचसिथ्रि) परियोजना अन्र्तगत सञ्चालित ‘नयाँ पुस्ताका लागि परिवार नियोजन संचार अभियान’ अन्तर्गत आईतवार बरंजामा नवविवाहित जोडिहरु बिचमा शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । IMG_2923
गाविस सचिब गोविन्द जिसिको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका जिल्ला संयोजक शरस्वती पुरीले ‘परिवार नियोजनको साथ स्मार्ट भविस्यको सुरुवात’ भन्ने नारा सहित नवविवाहित जोडिहरुबिचमा परिवार नियोजनका साधनहरुको प्रयोग बढाउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले जिल्लाको बेनी नगरपालिका सहित ९ गाविसमा परियोजनाले सञ्चार मार्फत परिवार नियोजनको साधनको प्रयोगकर्ता बढाउने र अनिच्छीत गर्भ रहने समस्या न्युनीकरण गर्नका लागि युवा दम्पती, प्रवासी कामदार र सिमान्तकृत समुदायलाई लक्षित गरि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
गाविसका विभिन्न वडाका नवविवाहित जोडिहरु, स्थानीय महिला स्वास्थ्य स्वयमसेविका र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा बरंजा स्वास्थ्य चौकीकी इन्चार्ज उर्मिला शाहीले नवदम्पतीले बच्चा कहिले जन्माउने, कति बर्षको जन्मान्तर राख्ने भन्ने योजना बनाउनुपर्ने भन्दै परिवार नियोजनका साधनको उपलब्धता र प्रयोगबारे बारेमा प्रकाश पार्नुभएको थियो । IMG_2927
त्यस्तै कार्यक्रममा सहभागि नवदम्तीहरुले बच्चा जन्माउने योजना र परिवार नियोजनको लागि आफुहरुले प्रयोग गर्दै आएको साधनको बारेमा जानकारी गराएका थिए । बरंजा स्वास्थ्य चौकीका नारायणदक्त सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन परियोजनाका फिल्ड सुपरभाईजर भिमप्रसाद शर्माले गर्नुभएको थियो ।
यस अभियानले बच्चा नजन्माएका अथवा एउटा बच्चा जन्माएका महिला तथा पुरुषहरुमा आधुनिक गर्भनिरोधक साधनको प्रयोग बढाउने, प्रसुतिपछि ४५ दिनभित्र परिवार नियोजन साधन प्रयोगको सुचांकमा सुधार गर्ने, बिस वर्षपछि मात्र पहिलो बच्चा जन्माउने दरमा बृद्धि गर्ने, एक बच्चा र अर्को बच्चाको बिच उपयुक्त जन्मान्तर कायम गर्न सघाउ पु¥याउने लक्ष्य लिईएको छ ।