राममन्दिरमा आयोजित महायज्ञको तेस्रो दिनसम्म करिब आठ लाख संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ चैत ।
पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा सञ्चालित श्रीमद् भागवत रामनवमी महामहोत्सवको तेस्रो दिनसम्म करिब आठ लाख रुपैया सहयोग संकलन भएको छ ।

राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा आयोजित महायज्ञको तेस्रो दिनसम्म सात लाख ८० हजार १५२ रुपैया संकलन भएको आयोजकले जनाएका छन् ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले तिन लाख ११ हजार १११, दण्डपानी रिजालले ५१ हजार र भुमिराज जिसीले ५१ ह्जार रुपैया सहयोग गरेर सभानायक बन्नुभएको राममन्दिर संरक्षण समिति का सचिव लोकनाथ रेग्मीले जानकारी दिनुभयो । DSC02549
कालीगण्डकी र राहुघाट नदीको संगम, कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार, शालग्राम संग्राहलय र गलेश्वरको नजिकै रहेको राममन्दिरको प्रचारप्रसार गरि धार्मीक पर्यटक भित्र्याउने तथा पुर्वाधार विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले चैत २६ गतेदेखि सुरु भएको महायज्ञ बैशाख ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

महायज्ञमा पण्डित कमलनयन गौतमले कथावाचन गर्नुभएको छ । राममन्दिर परिसरमा आश्रम निर्माण गरी त्यसलाई सेवा सूचारु दिन र दैनिक पुजाआजा सञ्चालन गर्न कोष स्थापना गर्ने, मन्दिर प्रवेशद्धार, सत्संग भवन निर्माण र आश्रम स्थापना गर्ने उद्देश्य राखिएको छ ।