म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरमा नमुना बनाइने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ चैत ।
सदरमुकाम बेनीमा रहेको जिल्लाको पहिलो म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरमा नमुना बनाउने योजना अघि सारीएको छ ।

क्याम्पस स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा आईतबार आयोजित रजत जयन्ती समारोहमा शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) अवधारणामा अघि बढ्न लागिएको जानकारी गराइएको हो ।

प्रगति प्रतीवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख टिकाराम सापकोटाले विश्व विद्यालय अनुदान आयोगको सहकार्यमा क्युएए अवधारणा अनुसार क्याम्पसको शैक्षिक, भौतिक विकासका लागि प्रक्रिया अघि बढीसकेको जानकारी दिनुभयो ।

यस अवधारणालाई लागु गर्दा क्याम्पसका विद्यार्थीको सिकाई उपलब्धि वृद्धी हुने, उतिर्णदर बढ्ने र उनिहरुका लागि सहज रुपमा रोजगारीको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । आयोगले विद्यार्थीको सिकाई उपलब्धिलाई आधार बनाएर शैक्षिक र भौतिक विकासका लागि अनुदान दिनेछ ।DSC02647

क्युएए मोडल लागु गर्ने म्याग्दी बहुमुखी क्याम्पस पश्चिमाञ्चल विकास क्षेत्रमा तेस्रो र धौलागिरीमा पहिलो भएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो । शिक्षा, व्यवस्थापन र मानविकी संकायमा दश जोड दुई तथा स्नातक तहको पठनपाठन हुने म्याग्दी बहुमुखी क्याम्पसमा हाल करिब एक हजार विद्यार्थी अध्ययन गर्छन् ।campush 9

क्याम्पसको रजत जयन्तीको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि संस्थापक अध्यक्ष ललितबहादुर खड्का, बिशिष्ट अतिथि सांसद नवराज शर्मा, बरिष्ठ चन्दादाता रमेश शर्मा लगायतले म्याग्दी क्याम्पसको शैक्षिक गुणस्तर, बिबिधीकरण गर्दै स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।campush 8

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव आचार्य, नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमीरे, संस्थापक गोपालनारायण भट्टचन, पुर्व अध्यक्ष डाक्टरन भुपेन्द्र खड्का, प्रध्यापक भोलानाथ घिमीरे र स्वीवीयु संयोजक तेजेन्द्र बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।campush 10

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत मन्तब्य र साहयक क्यम्पस प्रमुख   रेखाकौशल रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रजत जयन्तीको अवसरमा आयोजित खेलकुद तथा अतिरित्त क्रियाकलापका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले झाँकी, गित र नृत्य प्रस्तुत गरेका थिए । समारोह सुरुहुनुपुर्व बेनी बजारमा ¥याली निकालीएको थियो । समारोहमा क्याम्पसको फुलबारी स्मारीकाको पनि बिमोचन गरिएको थियो ।