म्याग्दी उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट दोस्रो स्थानमा

विकल्प न्यूज/बेनी
म्याग्दी,चैत २८ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ देशभरका उद्योग वाणिज्य संघलाई उछिन्दै उत्कृष्ट दोस्रो स्थानका रुपमा सम्मानित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको पचासौ वार्षिक साधारणसभाका अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकास र व्यसाय प्रवद्र्धन विधामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानित भएको  उवासंघ म्याग्दीका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । ubasang
देश भरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू मध्ये वाट उत्कृष्ट कार्य गरेको भन्दै दोस्रो स्थान हासिल गर्न सफल भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनवहादुर विश्वकर्माले बताउनुभयो ।
आइतवार काठमाण्डौमा महासंघको साधारणसभाका अवसरमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले उवासंघ म्याग्दीका अध्यक्ष विश्वकर्मालाई प्रमाणपत्रले सम्मान गर्नुभएको हो । कार्यक्रमका अवसरमा म्याग्दी उवासंघले जिल्लामा व्यापार,व्यवसाय र पर्यटन प्रबद्र्धनमा विशेष योगदान पु¥याएको भन्दै चर्चा गरिएको छ । भौतिक पूर्वाधार सम्पन्न उवासंघ म्याग्दी पछिल्लो समय जिल्लामा सामाजिक कार्यमा समेत अग्रस्थान रहेको छ । सम्मान ग्रहण गर्दै म्याग्दी उवासंघलाई यो स्थानसम्म ल्याइपुराउन सहयोग गर्नुहुने सवैमा अध्यक्ष विश्वकर्माले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।