भिरकाटे–दोवा सडकको आठ वर्षमा ट्याक खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ चैत ।
म्याग्दीको दोवा गाविसलाई सडक सञ्जालसंग जोड्ने भिरकाटे–दोवा सडक आयोजनाको ट्याक खोल्ने कार्य आठ वर्षमा पुरा भएको छ ।

वि.स २०६६ मा भिरकाटे देखि दोवा जोड््ने सडक निर्माण कार्य सुरु भएपनि कालीगण्डकी नदीमाथि मोटरेबल पुल नहुँदा पूर्णता पाउन सकेको थिएन् । बेनी–जोमसोम सडकको भिरकाटे स्थित कालीगण्डकी नदीमा यसैवर्ष मोटरेबल पुल निर्माण सम्पन्न भएपछि सडक ट्याक खोल्ने कार्यले आठ वर्षपछि पूर्णता पाएको हो ।dhoba sadak

सरकारको पाँच करोड १२ लाख १४ हजार ५२० रुपैया लागतमा निर्माण भएको ५० मिटर लामो मोटरेबल पुल र भिरकाटे देखि दोवा जोड्ने ८.३५ किलोमिटर सडकको सांसद नवराज शर्माले हिजो एक समारोहका बिच उद्घाटन गर्नुभयो ।

९३ लाख ९५ हजार ७०५ रुपैयाको लागतमा निर्माण भएको सडकमा स्थानीयबासीको ६२ लाख ७८ हजार १३० र सरकारी निकायको ३१ लख १७ हजार ५७५ रुपैया लगानी भएको दोवा ग्र्रामीण सडक उपभोक्ता समितिका सचिव धनबहादुर पाईजाले जानकारी दिनुभयो ।
सडक निर्माण भएपछि दोवामा सामान ढुवानी मूल्य प्रतिकिलो चार रुपैया कम हुनुका साथै आलु, बदाम लगायतका कृषि उपज निकासी र सदरमुकाम जान आउन सुबिधा पुगेको छ । सडकबाट दोवाका २५६ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । तस्विर गोरनाथ सुवेदीको फेसबुकबाट