दरवाङमा नेपाल मगर संघ गठन

विकल्प न्यूज/बेनी
चैत २८ गते ।
म्याग्दीको दरवाङमा शनिबार नेपाल मगर संघको गाउँ ईकाई समिति गठन भएको छ । लेकबहादुर पुनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा भिमकुमारी बुढाथोकी, सचिवमा हिराबहादुर पुन, सहसचिवमा देवराज जुक्जाली र कोषाध्यक्षमा रमती पुन चयन हुनुभएको छ ।Magar-Sangh-Logo

समितिको सदस्यहरुमा मालवती थापा, खिमबहादुर पुन, मनोज सिउथानी, देवि रोका, जागृत पुन, हरिप्रसाद पुन रहनुभएको नेपाल मगर संघ म्याग्दीका सचिव लोकश पुन मगरले जानकारी दिनुभयो ।

समितिको सल्लाहाकार दुर्गाप्रसाद बुढा, इनकार फगामी, जसीकला पुन र रेकबहादुर पुन चयन हुनुभएको छ । नेपाल मगर संघ म्याग्दीका सदस्य बिक्रम बुढाथोकी र बिरेन्द्र पुनको उपस्थितीमा कार्यक्रम भएको थियो ।