विविध कार्यक्रमको आयोजना गरेर म्याग्दी बहुमुखी क्याम्पसको रजत जयन्ती मनाइदै

विकल्प न्यूज/बेनी
म्याग्दी,चैत २७ गते ।
म्याग्दी बहुमुखी क्याम्पस स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा क्याम्पसले विभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाइरहेको छ ।

सदरमुकाम बेनीमा समुदायद्धारा सञ्चालित जिल्लाको पहिलो उक्त क्याम्पसले रजत जयन्तीको अवसरमा आयोजना गरेको उच्च मावि स्तरीय छात्र, छात्रा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।Myagdi Campus (3)

छात्र भलिबलतर्फ माउन्ट एभरेष्ट आवाशिय उच्च मावि बिजेता र गलेश्वर उच्च मावि घतान उपबिजेता भएका छन् । यसैगरी छात्रा भलिबलमा महेन्द्ररत्न उच्च मावि बरंजा बिजेता र आयोजक म्याग्दी बहुमुखी क्याम्पस उपबिजेता भएका छन् । छात्रतर्फ १४ र छात्रातर्फ ७ टिमले सहभागिता जनाएका क्याम्पसका खेल प्रध्यापक पशुपती ढकालले जानकारी दिए ।Myagdi Campus (4)

दुई वटै प्रतियोगिताका बिजेता र उपबिजेतालाई मेडल र प्रमाणपत्र सहित आईतबार हुने समारोहमा नगद बिस र पन्ध्र हजार रुपैयाँ पुरस्कार वितरण गरिने जनाइएको छ । सेमी फाईनलबाट बाहिरएका टिमले नगद आठ आठ हजार पाएका छन् । रजत जयन्तीको आईतबार बिशेष समारोहको आयोजना गरि समापन गरिने जनाइएको छ ।Myagdi Campus (1)

रजत जयन्तीको अवसरमा क्याम्पसले अन्तरसंकाय स्तरको बास्केटबल, बक्तृत्वकला, वुद्धीचाल, अन्धनिशान, अञ्चल स्तरीय हाँजीरी जवाफ प्रतियोगिता भएको थियो । वि.स २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसको दश जोड दुई र स्नातक तहमा हाल करिब एक हजार जना विद्यार्थी अध्ययनरत छन् ।

१४ टिम सहभागि प्रतियोगिताको बिजेता र उपबिजेताले मेडल, प्रमाणपत्रसंगै नगद २० हजार र दश हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।