“महिला विकासका लागि आर्थिक सशक्तीकरण”

विकल्प न्यूज/बेनी
चैत २६ गते ।
नेकपा एमालेका केन्द्रीय सदस्य पद्मा अर्यालले संविधानको कार्यान्वयनसँगै महिलाहरुको आर्थिक सशक्तीकरण गर्नुपर्ने बताएकी छिन् । अखिल नेपाल महिला संघ म्याग्दीले आयोजना गरेको जिल्लास्तरीय अगुवा महिला कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको बिहीबार बेनीमा उद्घाटन गर्दै उनले अबको महिला आन्दोलनको दिशा आर्थिक उपार्जनसहित व्यावसायिकरण हुनुपर्ने बताएकी हुन् ।
अनेमसंघका केन्द्रीय सदस्य समेत रहेकी अर्यालले कृषि र सहकारीमार्फत महिलाहरुलाई आयआर्जन कार्यक्रम गरी आत्मनिर्भर बनाउनुपर्ने भन्दै उनले महिलाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताइन् । उनले नयाँ संविधान महिलामैत्री बनेको बताउँदै आगामी स्थानीय निर्वाचनमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागीता हुनुपर्नेमा जोड दिएकी थिइन् ।IMG_0019
सोही कार्यक्रममा बोल्दै एमाले वैकल्पिक केन्द्रीय सदस्य मना केसीले नेपालको संविधान संसारकै उत्कृष्ट भएको बताएकी छिन् । अनेमसंघको केन्द्रीय सदस्य समेत रहेकी उनले एमाले र अनेमसंघको पहलमा नेपाली जनताले संविधान पाएको भन्दै एमालेले महिलालाई राष्ट्रको सर्वोच्च निकायमा पु¥याएको बताइन् ।
व्यवस्थापिका संसदका सदस्य नवराज शर्माले एमालेको नेतृत्व र पार्टी अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा देश र जनताले संविधान पाएको बताए ।
अहिले एमालेको नेतृत्वमा देश अघि बढेको भन्दै संविधानको कार्यान्वयनसँगै विकास र आर्थिक उन्नतितर्फ देशलाई अघि बढाउनुपर्ने उनको भनाई थियो ।
भेलाले कार्ययोजना निर्माण गरी संघको सदस्यता वितरण गर्ने, सङ्गठन विस्तार अभियान चलाउने र आगामी स्थानीय निकायको निर्वाचनमा गाविसस्तरमा सक्रिय महिला छनोटलगायतका कार्यक्रमहरु सञ्चालन गउक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसीले मन्तव्य राखेका थिए । कार्यक्रम अनेमसंघ म्याग्दीका अध्यक्ष थमसरा पुनको अध्यक्षता, सचिव हेमकुमारी गर्बुजाको सञ्चालन र सदस्य उमा पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।