पर्वत माझफाँटको राममन्दिरमा रामनवमी महोत्सव सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ चैत ।
पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा शुक्रबारदेखि श्रीमद् भागवत रामनवमी महामहोत्सव सुरु भएको छ ।

राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा सुरु भएको महोत्सवको पुर्वराज्यमन्त्री डम्मरबहादुर मल्लले उद्घाटन गर्नुभयो ।

महायज्ञ उद्घाटन हुनुपुर्व बेनीको शिवालय मन्दिर परिसरबाट गलेश्वर हुदै राममन्दिर क्षेत्रसम्म कलशयात्रा गरिएको थियो । बैशाख ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डीत कमलनयन गौतमले कथाबाचन गर्नुहुने राममन्दिर सञ्चालक समितिका सचिव लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।DSC02549

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, सचिव चित्रराज रेग्मीको सञ्चालन र गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव गुमानसिङ कार्कीको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।DSC02554

कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट नेकपा एमाले माझफाँट गाउँ कमिटिका अध्यक्ष टेकबहादुर जिसी, सामाजिक संघ संस्थाको तर्फबाट क्षेत्रीसमाज म्याग्दीका अध्यक्ष अमृतादेवी बानिया, अखण्ड नेपाल पार्टी पर्वतका अध्यक्ष नरबहादुर कार्की लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कालीगण्डकी र राहुघाट नदीको संगम, कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार, शालग्राम संग्राहलय र गलेश्वरको नजिकै रहेको राममन्दिरको प्रचारप्रसार गरि धार्मीक पर्यटक भित्र्याउने तथा पुर्वाधार विकासका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको हो ।

राममन्दिर परिसरमा आश्रम निर्माण गरी त्यसलाई सेवा सूचारु दिन र दैनिक पुजाआजा सञ्चालन गर्न कोष स्थापना गर्ने, मन्दिर प्रवेशद्धार, सत्संग भवन निर्माण र आश्रम स्थापना गर्ने उद्देश्य राखिएको छ ।