कफि उत्पादक कृषक गोष्ठी

विकल्प न्यूज/बेनी
म्याग्दी २५ चैत । म्याग्दीको बेनीमा बिहीबार जिल्ला स्तरीय कफि उत्पादक कृषक गोष्ठि सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा म्याग्दीमा कफि खेतीको अवस्था, सम्भावना र चुनौतीको विषयमा छलफल भएको थियो । कार्यक्रममा चुत्रेनी, डम्मरा, बरंजा, पिप्ले, भगवती लगायत कफी उत्पादन हुने क्षेत्रका २० जना कृषकहरुको सहभागिता रहेको थियो ।kirshi office

बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको कार्यक्रमको बागबानि विकास अधिकृत भोजबहादुर थापा र प्राबिधिक सहायक श्यामराज क्षेत्रीले सहजिकरण गर्नुभएको थियो ।