रामनवमी महामहोत्सवको तयारी पुरा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ ।
पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा शुक्रबार देखि आगामी बैशाख ३ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत रामनवमी महामहोत्सवको तयारी पुरा भएको छ ।
राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा हुन लागेको महोत्सवको व्यवस्थापकीय, मञ्च निर्माण, प्रचारप्रसार, पत्राचार लगायतका सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

मञ्च निर्माण गर्न शसस्त्र प्रहरीको चण्डीका गण कुश्माको टोलीले श्रमदान गरेका छन् । राममन्दिर परिसरमा आश्रम निर्माण गरी त्यसलाई सेवा सूचारु दिन र दैनिक पुजाआजा सञ्चालन गर्न कोष स्थापना गर्ने, मन्दिर प्रवेशद्धार, सत्संग भवन निर्माण र आश्रम स्थापना गर्ने उद्देश्यले रामनवमी महामहोत्सव आयोजना गरिएको राममन्दिर सञ्चालक समितिका सचिव लोकनाथ रेग्मीले बताउनुभयो ।ram

कालीगण्डकी र राहुघाट नदीको संगम, कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार, शालग्राम संग्राहलय र गलेश्वरको नजिकै रहेको राममन्दिरको प्रचारप्रसार गरि धार्मीक पर्यटक भित्र्याउने तथा पुर्वाधार विकासका लागि आर्थिक स्रोत जुटाउन महोत्सव हुन लागेको महासंघका अध्यक्ष पण्डीत कमलनयन गौतमले जानकारी दिनुभयो ।

पण्डीत कमलनयन गौतमले महामहोत्सवमा धार्मीक प्रवचन गर्नुहुने जनाइएको छ । महोत्सवको प्रचारप्रसारका लागि म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवन, रुपन्देही लगायतका जिल्लामा पनि समिति गठन गरिएको छ ।