द्धन्द्ध पिडित बालबालीकालाई पुर्नस्थापना तथा पुन–एकिकरण कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ चैत ।
म्याग्दीमा द्धन्द्ध पिडित बालबालीकाको लागि पुर्नस्थापना तथा पुन–एकिकरण कार्यक्रम सञ्चालन भएको छ ।

द्धन्द्धपिडित बालबालीकाहरुको शिक्षा, स्वास्थ्य, आयआर्जन र परामर्श सेवाका लागि शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा जिल्ला बालकल्याण समितिले कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

३५५ जना द्धन्द्धपिडित बालबालीकाहरुको लागि चालु आर्थिक वर्षमा विभिन्न शिर्षकमा १७ लाख १९ हजार २३५ रुपैया बजेट प्राप्त भएको कार्यक्रम कार्यान्वयनका विषयमा बिहीबार सरोकारवालाहरुबीच बेनीमा छलफल भएको छ ।DSC02545जिल्ला बालकल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी केशव आचार्यको अध्यक्षता र जिल्ला बालअधिकार अधिकृत मिठू आचार्यको सहिजकरणमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का लगायत बिषयगत कार्यालय, राजनितिक दल र सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मार्फत द्धन्द्धपिडित बालबालीकाहरुलाई पाँच हजार रुपैयाका दरले छात्रवृती वितरण गर्न शैक्षिक सहयोग शिर्षकमा एघार लाख रुपैयाँ बजेट प्राप्त भएको बालअधिकार अधिकृत आचार्यले बताउनुभयो । यसैगरी आयआर्जन कार्यक्रमका लागि एक लाख ६५ हजार, विद्यालय शान्ति क्षेत्र अभियानका लागि एक लाख २५ हजार, स्वास्थ्यमा सहयोगका लागि ७२ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।

विभिन्न १६ वटा शिर्षकमा बजेट प्राप्त भएको आचार्यले जानकारी दिनुभयो । जिल्ला बालकल्याण समितिले संकलन गरेको तथ्याङ्कमा बुवाआमा नभएका १७, बाबु नभएका १४, आमा नभएको ७४, बाबुआमा दुबै भएको २८४ र अभिभावकको बारेमा जानकारी नभएका दुई जना गरि २१५ जना बालक र १४० जना द्धन्द्धपिडित बालिका पहिचान भएका थिए ।

वि.स २०५२ फागुन १ गतेदेखि २०६५ मंसिर ५ गतेसम्म १८ वर्ष उमेर भएका बालबालीकाहरुले कार्यक्रम मार्फत सुबिधा पाउने बालकल्याण समितिले जनाएको छ । छलफलमा सहभागिहरुले वास्तवीक द्धन्द्धपिडितहरुलाई सहज र व्यवस्थित रुपमा सुबिधा उपलब्ध गराई दुरुपयोग रोक्नका लागि अनुगमन गर्न सुझाव दिएका थिए ।