बेनीको दुर्गा भगवती मन्दिरमा महायज्ञ सञ्चालनको तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ चैत ।
बेनीको खुल्लामञ्चमा रहेको दुर्गाभगवती मन्दिर परिसरमा चैत २९ देखि बैशाख ८ गतेसम्म श्रीमद भागवती ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।

महायज्ञ मुल आयोजक समितिले बिहीबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पण्डीत निलकण्ठ शर्माले कथावाचन गर्नुहुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । DSC02534

धार्मीक कार्य मार्फत मानव कल्याणको कामना गर्ने उद्देश्यले सञ्चालन हुने महायज्ञबाट संकलन हुने रकम मन्दिरको संरक्षण कार्यलाई निरन्तरता दिने, प्रचारप्रसारको माध्यमबाट धार्मीक पर्यटक भित्र्याउने, थप पुर्वाधार तयार गर्ने र पुजा ब्यवस्थापनका लागि कोषमा जम्मा गरिने मुल संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।DSC02532

वि.स २०३३ सालमा स्थापित र २०५७ सालमा थप पुर्वाधार निर्माण भएको मन्दिरलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि हालै एक समिति पनि गठन भएको छ । नयाँ मन्दिर निर्माण र कम्पाउण्ड लगायतका पुर्वाधार निर्माणका लागि हालसम्म ४३ लाख रुपैया लगानी भएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।