म्याग्दीमा सातौ चरणको हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान सूरु

विकल्प न्यूज/बेनी
म्याग्दी २५ चैत ।
म्याग्दीमा बिहीबारदेखि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।

क्युलेक्स लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाइले रोग न्युनीकरण गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाब्यापी अभियान सुरु गरेको हो । शनिबार सम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख चार हजार जनालाई अलबेण्डाजोल र डिईसी चक्की औषधि खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम संयोजक सिनियर अहेव घनश्याम सिग्देलले जानकारी दिनुभयो ।SG_Myagdi Aausadhi Khuwayako 2

घरदैलो गरेर औषधि खुवाउन जिल्लाभर करिब एक हजार जना स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेवीका र स्वमसेवकहरु परिचालन भएका छन् । दुई वर्षमुनीका बालबालीका, गर्भवती, सिकिस्त बिरामी र ७० वर्ष भन्दा बढी उमेरका नागरीकहरुलाई भने औषधि खुवाइने छैन् ।
अभियानको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा प्रमुख जिल्ला अधिकारी केशव आचार्य र जिल्ला स्वास्थ्य प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले औषधि सेवन गरेर उद्घाटन गर्नुभएको थियो । अभियानमा सहभागिता बढाउन जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सदरमुकाम बेनीको विभिन्न चोकहरुमा सडक नाटक पनि प्रर्दशन गरिएको छ ।SG_Myagdi Aausadhi Khuwayako

म्याग्दीको कुल जनसंख्या मध्य २.३३ प्रतिशत अथवा एक हजार चार सय जना हात्तिपाइले रोगको जोखिममा छन् । छैटौ चरणसम्म हात्तिपाईलेको जोखिमलाई एक प्रतिशतमा झार्ने लक्ष्य पुरा नभएपछि सातौ चरणमा अभियान सञ्चालन गरिएको हो । गत वर्ष लक्षित समुदायको ८७ प्रतिशत अथवा ९६ हजार जनाले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका थिए ।

सदरमुकाम बेनीमा बसोबास गर्ने मुस्लीम समुदायले हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने विगतका कुनैपनि अभियानमा सहभागिता जनाएका छैनन् । यसैगरी सदरमुकामका अन्य बासिन्दाहरुले पनि औषधी खान नमानेर अभियानलाई असहयोग गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको बिवादका कारण गत फागुन २९ र ३० गते सञ्चालन हुनुपर्ने अभियान एकमहिना ढिलापछि सञ्चालन भएको हो ।Hattipaile (1)

जिल्ला अस्पताल र जनस्वस्थ्य कार्यालय छुट्टीएपछि बिवाद हुँदा कार्यक्रम स्थगीत भएको थियो । स्वास्थ्य मन्त्रालयले ५० शैयामा स्तरवृद्धी भएको अस्पतालको पुर्वाधार तयार नहुँदासम्म पुरानै प्रशासनीक संरचनामा चल्न निर्देशन दिएपछि बिवाद समाधान गरि स्थगीत भएका अन्य कार्यक्रमहरु पनि सञ्चालन भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य दिवसको अवसरमा बिहीबार बेनीमा स्वास्थ्यकर्मीहरुले ¥याली निकालेका छन् । दिवसको बारेमा कर्मचारी मिलन केन्द्रमा कार्यालय प्रमुखहरुलाई मधुमेह रोगको बारेमा अभिमुखीकरण गरिएको थियो । सन्तोष गौतम