कल्लेनीमा खानेपानी आयोजना निर्माण

विकल्प न्यूज/बेनी
म्याग्दी २५ चैत ।
म्याग्दीको मराङ ३ कल्लेनीमा खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा आयोजना निर्माण भएको हो ।DSC00336

३३ लाख ५४ हजार रुपैयाँको लागतमा निर्माण भएको आयोजना मार्फत दुई वटा मुहानबाट पानी ल्याएर आठ हजार लिटर क्षमत्ताको टंकीमा संकलन गरि दश वटा सार्वजनीक धाराबाट वितरण गरिएको डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो ।

आयोजनाबाट २५ घरधुरी लाभान्वित भएका छन् । २०७३ असार महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना उपभोक्ता समितिको सक्रियताका कारण चार महिना अगावै सम्पन्न भएको ईञ्जिनियर केसीले बताउनुभयो । सन्तोष गौतम