जेसिज कप फुटबल प्रतियाेगिताकाे फाईनलमा बुद्ध र वेष्ट प्वाइन्ट

विकल्प न्युज/ बेनी

मंसिर २५ गते । 

बेनी मा जारी जेसिज कप फुटबल प्रतियाेगिताकाे १९ आै संस्करणकाे फाईनलमा बेनीकाे बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाइन्ट मावि पुगेका छन ।

शनिबार भएको सेमिफाइनल खेलमा केभि एकेडेमीलाई ० का विरूद्द २ गाेल गर्दै वेष्ट प्वाइन्ट फाईनलमा पुगेकाे हाे । यसै गरि किसानी मावि धारापानीलाई ० का विरूद्द २ गाेल गर्दै बुद्दले फाईनलकाे यात्रा तय गरेकाे हाे ।

यसअघिकाे १८ आै संस्करणका विजेता र उपविजेता फेरि पनि फाईनलमा पुगेका छन । आईतबार विहान १० बजे हुने फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ ।