अगन्धर तिवारी/विकल्प न्यूज
बनौ (पर्वत) चैत २१ गते ।
यहा“का प्रेमबहादुर पुनको घर गएको बैसाखमा भूकम्पले बेस्सरी हल्लायो । ६ दशक पुरानो गोलघर नभत्किए पनि चर्किएरको छ । ढुक्कले बस्नसक्ने अवस्था नभएपछि पुनले नया“ घर बनाउन शुरु गरेका छन् ।
७ वर्ष कतार बसेर गाउ“ फर्किएका पुनले स्थानीय सीपको प्रयोग गरेपनि प्रविधि भने आधुनिक गरेका छन् । भूकम्पको अनुभव ताजै रहेका पुनलाई घरेलु प्रविधिले घर बनाउ“दा सुरक्षित नहुने भयले प्रविधिकहरुको सल्लाह लिएर भूकम्प प्रतिरोधी बनाउन शुरु गरेका हुन् । ‘भूइचालो अघि बनाएको भए यहा“का अरु घरजस्तै बनाउथें,’ उनले भने, ‘त्यसले जोगिनुपर्छ भन्ने सिकायो ।’ प्राविधिकहरुको सल्लाह अनुसार जमिनमुनी करिव डेढ मिटर जग खनेर सतह र झ्यालढोकामाथीको भागमा टाइपिङ गरि निर्माण गर्न लागिएको उनले बताए । उनले हरेक कोठामा १२¬–१२ इन्चका पिलरको आडमा पर्खाल उठाएका छन् । संगैकी निर्माया“ पुनले भर्खरै निर्माण गरेको घर पनि यहि प्रकृतिको छ । उनले पनि प्राविधिकको सल्लाह लिएरै यस्तो घर बनाएकि हुन् ।
भूकम्पयता पर्वतका ग्रामिण क्षेत्रमा बन्ने नया“ घरहरु भूकम्प प्रतिरोधि बनाउने लहर नै चलेको छ । गएको पुषदेखि नया“ घर निर्माणमा जुटेका बा“सखर्क स्थित नरबहादुर पुनले पनि प्राविधिकको सल्लाहमा भूकम्प प्रतिरोधी घर बनाएको बताए । ‘प्राविधिकले भनेअनुसारका सामाग्रि प्रयोग गरेर बनाएको छु,’ उनले भने ‘पिलर र टाइपिङ गरेपछि ८ रेक्टरको भूइचालो पनि धान्छ भनेका छन् ।’ यसरी निर्माण गरेको घरमा सामान्य भन्दा केहि खर्च बढी लागे पनि टिकाउ हुने उनले बताए । ‘घर भनेको युग जाने कुरँ हो, त्यहि भएर दुइचार पैसा बढी नै खर्च गरें ।’ पुनले भने ।
शहरी क्षेत्रमा बन्ने गगनचुम्बी भवनहरुमा भवन आचारसंहिता लागु नभएको अवस्थामा ग्रामिण क्षेत्रका सर्वसाधारणमा चेतनाको विकास हुनु सकारात्मक भएको जानकारहरु बताउ“छन् । ‘बजारमा कसरी हुन्छ नगरपालिका र भवन आचारसंहिता छल्ने गरेको पाइन्छ ।’ सिभिल इज्जिनियर रबिन्द्र तिवारीले भने, ‘गाउ“का मानिसहरुमा भूकम्पपछि चेतना बढेको पाइएको छ ।’ गाउ“मा बन्ने यस्ता घरहरु बढीमा तीन तल्लाका हुने भएकोले सात रेक्टरस्केल सम्मको भूकम्पले ति घरहरुमा क्षती नहुने उनले बताए ।
अहिले बजारमा भन्दा ग्रामिण क्षेत्रमा नया“ बन्ने प्राय सबै घरहरुमा भूकम्प प्रतिरोधी निर्माण भएको प्राविधिकहरुले बताएका छन् । ‘भूकम्पअघि कसैले चासो दिन्थेनन्,’ भवन डिभिजन कार्यालय बाग्लुङका इन्जिनियर तेजेन्द्र पौडेलले भने, ‘अहिले धेरैजसो गाउ“का मानिसहरु घर बनाउने सल्लाह लिन आउ“छन् ।’ कतिपयले फोनमा समेत सल्लाह लिएर घर बनाउन थालेको उनले बताए । शहरी क्षेत्रमा सिमित जमिनमा घर बनाउनुपर्दा अधिकांसले आचारसंहित मिच्नेगरेको पाइए पनि गाउ“मा त्यसो नहुने उनको अनुभव छ । भूकम्पले शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रका सर्वसाधारणमा चेतना बढाइदिएको उनले बताए ।