ताजा समाचार:
Search

बेनीमा भएको कालोबजारी विरुद्ध विद्यार्थीहरुको आक्रोस ः कालोबजारीलाई कारवाही गर

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ चैत ।
म्याग्दीका विद्यार्थी संगठनहरुले कालोबजारी नियन्त्रणको माग गर्दै आईतबार बेनीमा सयुक्त खबरदारी ¥याली प्रर्दशन गरेका छन् ।

नेविसंघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारीद्धारा गठीत संयुक्त विद्यार्थी संघर्ष समितिले कालोबजारी, कृतीम अभाव, महँगी र भ्रष्ट्राचार नियन्त्रणको माग गर्दै ¥याली प्रर्दशन गरेका हुन् ।

नाकाबन्दी खुलेपछि पनि बजारमा खाना पकाउने एलपी ग्याँसको सहज उपलब्धता हुन नसकेको, कालोजबारी भएको र दैनिक उपभोग्य सामानको अस्वभावीक मूल्यवृद्धी नियनत्रणका लागि स्थानीय प्रशासनलाई दवाव दिन प्रर्दशन गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदीन पौडेलले जानकारी दिनुभयो ।SG_Myagdi Khabardari Julus 2

बेनीको क्याम्पसचोकबाट सुरु भएको ¥याली न्युरोड, सहिद चोक, बालमन्दिरचोक, संगमचोक, गणेशटोल हुँदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा अनेरास्ववीयुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश पौडेल र संगमचोकको कोण सभामा अखिल क्रान्तिकारीका अध्यक्ष सुदिन पौडेलले सम्बोधन गर्नुभएको थियो ।SG_Myagdi Khabardari Julus

कोणसभाको नेविसंघका सदस्य बिशाल खत्रीले सञ्चालन गर्नुभएको थियो । कालोबजारी नियन्त्रण गर्न तिन वटा विद्यार्थी संगठनले बेनीमा बिशेष टोली परिचालन गरेको अनेरास्ववीयुका केन्द्रिय सदस्य पौडेलले बताउनुभयो । बेनीमा भित्र्ने ग्याँस र दैनिक उपभोग्य सामाग्रीको विवरण तयार पारेर कालोबाजरी गर्ने र बढी मूल्यमा बेच्नेलाई प्रशासनले कारबाही नगरे आफूहरुले कब्जा गरेर सर्बसाधारणलाई वितरण गर्ने पौडेलले चेतावनी दिनुभयो ।