म्याग्दीको दोवाका बासिन्दा सरसफाई अभियानमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ चैत ।
उत्तरी म्याग्दीको दोवा गाविसका बासिन्दाहरु सरसफाई अभियानमा जुटेका छन् ।  पmोहोर र दुषित पानीका कारण लाग्ने रोगबाट बच्नका लागि दोवाबासी सरसफाईप्रती जागरुक भएका हुन् । उनिहरुले शौचालयको नियमित प्रयोग, घरायसी फोहोरको सुरक्षित व्यवस्थापन, व्यक्तिगत सरसफाईमा सावधानी अपनाउनुका साथै सफा र स्वस्थ्य पानीको प्रयोग गर्न थालेका छन् ।DSC02111

गाउँले सरसफाईप्रती सचेत हुन थालेपछि दुषित पानी र फोहोरका कारणले लाग्ने झाडापखला, आउँ, टाईफाईड, जुका, छाला चिलाउने, घाउ खटिरा आउने जस्ता स्वास्थ्य समस्यामा कमी आएको स्थानीय अगुवा सुर्य राम्जालीले बताउनुभयो ।

दोवा गाविसमा रहेका २५८ घरमध्य ६६ वटा बाहेककोमा प्यान राखेको पक्कि शौचालय निर्माण गरि प्रयोग गरेका छन् । पक्कि शौचालय नबनाएकाहरुले पछिल्लो समय गाविसले ताकेता गरेपछि चर्पी बनाउन सक्रिय भएका छन् । बाक्लो बसोबास रहेको गाविसको मुख्य बस्ती दोवा गाउँमा ढल निकासका लागि नाली निर्माण भएको छ ।

आमा समूहको नेतृत्वमा महिनाको एक पटक गाउँको सार्वजनीक स्थानको सरसफाई गरिदै आएको छ । खाडलमा फोहोर ब्यवस्थापन गर्ने उनिहरुले सार्वजनीक स्थलहरुमा डस्टबिन राखेका छन् । खानेपानी आयोजनाको मुहान सफा राख्ने, सुधारीएको चूल्हो बनाउने र घरमा उमालेको, फिल्टर गरेको सफा पानी प्रयोग गर्ने बानीको विकास हुन थालेको दोवा गाविसका अध्यक्ष कमाया गर्बुजाले बताउनुभयो ।dova

खाना, खानु अघि तथा फोहोर छोएपछि सावुनपानीले अनीवार्य हात धुनुपर्ने सन्देश व्यक्ति व्यक्तिलाई जानकारी गराइएको छ । सरसफाईका विभिन्न छ वटा सूचकहरु पुरा गरेर आगामी असार महिनाभित्र पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्ने योजना बनाएको गाविस सचिव लिलाबहादुर चोखालले बताउनुभयो ।

खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चको पहलमा जिविस, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना, गाविस कार्यालय, भिवाससीसी, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायत निकायको सहयोगमा दोवामा सरसफाई अभियान चलाइएको छ ।wass myagdi doba sarsafai (1)

सरसफाईका आधारभुत मापदण्ड पुरा भएपछि स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै गाउँको पहिचान फेरीने र प्रतिष्ठा बढ्ने अपेक्षा गरिएको छ । वडा नम्बर ९ का अध्यक्ष मिनबहादुर गर्बुजाले आनीवानी र व्यक्तिगत सरसफाईका साथै सबै घरमा सुधारीएको चुल्लोको निर्माण, खानेपानीको सहज आपूर्ती र ढल तथा फोहोर ब्यवस्थापनका लागि सम्बन्धित निकायको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।