विकल्प न्यूज/बेनी
चैत १९ गते ।
म्याग्दीमा घरपरिवार छाडेर हराउने महिलाको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म १७ जना महिला हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजी गर्नका लागि निवेदन आउनेमध्ये अधिकांश २० देखि २५ वर्ष उमेर समूहका महिला बढी हराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मीना बुढाथोकीले बताए ।

“हराएका महिला कुनै पनि बेचबिखनमा परेको भेटिएको छैन, वैदेशिक रोजगारीका कारण युवा विदेसिने र उनका श्रीमतीहरु अर्कैसँग भागेर जाने गरेको भेटिएको छ”, प्रहरी निरीक्षक गुरुले भने ।प्रहरीका अनुसार कतिपय महिला बालबच्चा र श्रीमान्ले कमाएको सम्पत्तिसमेत लगेर अर्को पुरुषसँग विवाह गर्नेसमेत देखिएको छ ।सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगले समेत विवाहित महिला र परपुरुषको अनैतिक सम्बन्ध रहने क्रम बढेको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ । रासस