विकल्प न्यूज/बेनी
चैत १८ गते ।
खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्च म्याग्दीले जिल्लाको सरसफाई र खानेपानीको अबस्था सुदृढ बनाउन सरोकारवालाहरुको ध्यानकर्षण गर्दै ७ बुँदे घोषणा पत्र जारी गरेको । मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा विहिवार म्याग्दीको दोवा गाविसमा भएको अन्र्तक्रिया तथा समन्वय बैठकले जिल्लाको पूर्ण सरसफाईको अबस्थालाई तिब्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिदै ७ बुदेँ “दोवा घोषणा–पत्र” जारी गरेको हो ।
दोवा घोषणा–पत्र
बैठकले म्याग्दीको दोवा गाविसलाई जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय ,गाविस लगायतका सरोकारवालाहरुको सहयोगमा वास पत्रकार मञ्चको अगुवाईमा पूर्ण सरसफाईयुक्त गाविस घोषणाको लागि अभियान चलाउने निर्णय गरेको छ । 

आज मिति २०७२ चैत्र १८ गतेका दिन म्याग्दीको दोवा गाविसमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्च म्याग्दीका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा भएको अन्र्तक्रिया तथा समन्वय बैठकले जिल्लाको पूर्ण सरसफाईको अबस्थालाई तिब्र गतिमा अगाडि बढाउन सरोकारवाला निकायलाई ध्यानकर्षण गराउँदै ७ बुदेँ “दोवा घोषणा–पत्र” जारी गरी सम्पन्न भयो । 
१. वास पत्रकार मञ्च म्याग्दीको अगुवाईमा प्रदुषित हुँदै गएको कालीगण्डकी सरसफाई अभियान सञ्चालन गर्न र सदरमुकाम बेनीको फोहोर सहि तरिकाले ब्यवस्थापन गर्नका लागि जिविस, नगरपालिका, जिल्ला स्थित सामाजिक संघ संस्था लगायतका सरोकारवालाहरुलाई आग्रह गर्ने ।
२. म्याग्दी जिल्लाका गाविस, ग्रामिण बस्ती तथा बजारहरुलाई सरसफाईयुक्त राख्नका लागि सम्बन्धित गाविसबासी र स्थानीय सरोकारवालाहरुलाई आग्रह गर्ने ।
३. म्याग्दीको दोवा गाविसलाई जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायतका सरोकारवालाहरुको सहयोगमा वास पत्रकार मञ्चको अगुवाईमा पूर्ण सरसफाईयुक्त गाविस घोषणाको गर्ने ।
४. पूर्ण सरसफाई युक्त दोवा गाविस बनाउनको लागि आबश्यक सुचकहरुको पहुँच पु¥याउन स्थानीय सरोकारवालाहरुको सहभागितामा वास पत्रकार मञ्च समन्वय समिति दोवा गठन गरि सरसफाई अभियानलाई निरन्तरता दिँदै पूर्ण सरसफाई अभियानको निरन्तरताको लागि सिंगो गाविसबासी परिचालन हुने ।
५ यस दोवा गाविसको कृषि, पशुपालन, पर्यटन, विकास निर्माण लगायतको सम्भाबना र स्थानीय समस्याहरुलाई स्थानीय तथा राष्ट्रिय सञ्चार माध्ययम मार्फत उजागर गरी सम्बन्धित सरोकारवालाहरुको ध्यानकर्षण गराउने ।
६. जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका अन्नपूर्ण र धौलागिरी आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर ब्यवस्थापनमा सम्बन्धित सरोकारवालाको ध्यानकर्षण गराउने ।
७ . जिल्लाको खानेपानी, स्वास्थ्य, सरसफाई संगै ग्रामीण क्षेत्रको समस्या, सम्भावना र विकास निर्माणको गतिविधि संग सम्बन्धित समाचार लेखन, प्रकाशन र प्रशारण गरी जिल्लालाई विकासको तिब्र गतिमा अगाडी बढाउन प्राथमिकता दिने ।