अनेमसंघ क्रान्तिकारीको अध्यक्षमा ज्योती लामिछाने

विकल्प न्यूज/बेनी
चैत १८ गते ।
अनेमसंघ क्रान्तिकारी म्याग्दीको आठौ जिल्ला सम्मेलनबाट ज्योती लामिछाने पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा मनमाया थापा, सचिवमा राममाया नेपाली, सहसचिवमा सुनिता सापकोटा र कोषाध्यक्ष अम्बिका ढुंगाना रहनुभएको छ ।

यसैगरी जिल्ला सदस्यहरुमा पदमकुमारी मल्ल, ईनदेवी पनु, रसीला बस्नेत, सुभद्रा रिजाल, राधीका रेग्मी, दिलमाया थापामगर, कल्पना ढुंगाना, जुना किसान, कुमारी रोका, प्रमीला पौडेल, देवी पौडेल, सपीना खातुन, अस्मीता आचार्य, बिष्णु परियार, डिलु पाण्डे र अञ्जना केसी रहनुभएको छ ।DSC02040

समितिमा दश सदस्य पछि मनोनित गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन गर्दै अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सदस्य मनरुपा सुवेदीले दश वर्षे जनयुद्ध, विभिन्न आन्दोलन मार्फत भएका उपलब्धीलाई संस्थागत गरेको नयाँ संबिधानले महिलाहरुको धेरै अधिकार सुरक्षित गरेको बताउनुभयो । प्राप्त भएका महिला अधिकारको उपयोग र महिलाहरुको विद्यमान समस्या समाधानका लागि महिलाहरु संगठीत भएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला कोषाध्यक्ष शेरबहादुर केसी, अखिल नेपाल शिक्षक संगठनका ४ नम्बर प्रदेश संयोजक सोमनाथ ढुंगाना, जिल्ला अध्यक्ष चिरञ्ीजवी बोगटी र किसान संघ क्रान्तिकारीका केन्द्रिय सदस्य पूर्णकली सुवेदीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।