ओखरबोटमा मगर संघको ईकाई समिति पुर्नगठन

विकल्प न्यूज/बेनी
चैत १८ गते ।
म्याग्दीको ओखरबोटमा नेपाल मगर संघ गाउँ ईकाई समितिको पुर्नगठन भएको छ । पुर्नगठतीत नयाँ कार्यसमितिको अध्यक्षमा दलप्रसाद पुन, उपाध्यक्षमा डम्मरबहादुर पुन, सचिवमा कुलप्रसाद पुन, सहसचिवमा नविन पुन र कोषाध्यक्षमा बिरबहादुर घर्ती रहनुभएको छ । Magar-Sangh-Logo
समितिको सदस्यहरुमा भुमिराज पुन, गोबबहादुर पुन, आमबहादुर घर्ती, दिलबहादुर पुन, यामबहादुर पुन र पानमती पुन रहेका छन् । नेपाल मगर संघ म्याग्दीका सदस्य एवं ईलाका नं ७ र ८ का ईञ्चार्ज ओम पुन र जिल्ला सदस्य बिरेन्द्र पुनको उपस्थितीमा भेला सम्पन्न भएको हो ।
नेपाल मगर संघले म्याग्दीमा दुई महिने संगठन विस्तार तथा पुर्नगठन अभियान सञ्चालन गरेको सचिव लोकेश पुनमगरले जानकारी दिनुभयो ।