दोवामा वास पत्रकार मञ्चको अन्तरक्रिया एवम्् समन्वय बैठक

विकल्प न्यूज
म्याग्दी १८ चैत ।
म्याग्दीको दोवामा बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पत्रकार मञ्च म्याग्दीको आयोजनामा अन्तरक्रिया एवम् समन्वय बैठक सात बँुढे दोवा घोषणापत्र सार्वजनीक गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा दोवालाई वास पत्रकार मञ्चको पहलमा पूर्ण सरसफाईयुक्त घोषणा गर्ने, कालीगण्डकी नदी, धौलागिरी र अन्नपूर्ण हिमालको आधारशिवीरको सरसफाईमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने, दोवाको समग्र विकास गतिबिधि, समस्या र सम्भावनालाई सञ्चार माध्यम मार्फत उजागर गराउन पहल गर्ने लगायतका विषय समेटिएको छ ।

DSC02129
गाविस, भिवाससीसी, जिविस, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना लगायतको निकायमा दोवालाई पूर्ण सरसफाईयुक्त घोषणा गर्न लागिएको हो । बैठकमा दोवाको सरसफाई, खानेपानी, स्वच्छताको अवस्था र सुधारका लागि गर्न सकिने पहलहरुको विषयमा छलफल भएको थियो ।

सोही अवसरमा भिवाससीसीका पदाधीकारी र वास पत्रकार मञ्चको टोलीले दोवा गाउँको सार्वजनीक स्थलको सरसफाई गरेका थिए । वास पत्रकार मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, सचिव मालती खत्रीको सञ्चालन, गाविस सचिव लिलाबहादुर चोखालको प्रमुख आतिथ्यता र मञ्चका कोषाध्यक्ष कमल खत्रीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा नागरीक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाली काँग्रेसका सुर्य तिलीजा, गाविस संयोजक कमाया गर्बुजा, हातेमालो आमा समूहका अध्यक्ष बोमाया गर्बुजा, वास पत्रकार मञ्चका सल्लाहकार सन्तोष गौतम, मणीबाराही युवा कल्वका अध्यक्ष कमल पुन, वास सहजकर्ता गोविन्द पौडेल र विभिन्न वडाका प्रतिनिधिहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।