हिलापोखरीका युवाहरु सामाजिक काम र विकास निर्माणमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ चैत ।
म्याग्दीको ताकम गाविस ७ हिलापोखरीका युवाहरु सामाजिक काम र विकास निर्माणमा अग्रसर भएका छन् ।

हिलापोखरीमा स्थापित वुद्धशान्ति युवा कल्व मार्फत युवाहरुको नेतृत्वमा गाउँमा भौतिक पुर्वाधार विकासका साथै सामाजिक सुधारका गतिबिधि सञ्चालन भएको हो । ताकम गाविसको पिछडीएको बस्ती मानिने हिलापोखरीमा युवाहरुको नेतृत्वमा सडक, खेलमैदान, सामुदायीक भवन निर्माण भएको छ ।Hilapokhari ko Khelmaidan 1

सरकारी निकायको न्युन सहयोग पाएका युवाहरुले स्थानीय स्तरमा श्रमदान र दाताहरुको सहयोगमा पुर्वाधार निर्माण गरेका हुन् । स्थानीय जगन्नाथ प्राबिको परिसरमा कल्वको नेतृत्वमा करिब डेढ सय मिटर लम्बाई र ४० मिटर चौडाई भएको प्याराफिट सहितको खेलमैदान निर्माण कार्य हालै सम्पन्न भएको छ ।

खेलमैदान निर्माणका लागि सांसद रेशमबहादुर बानियाँको सांसद विकास कोष मार्फत जिविसले एक लाख रुपैया सहयोग उपलब्ध गराएको थियो । बाँकी दुई लाख रुपैया कल्वको लगानी र श्रमदानमा खेलमैदान निर्माण गरिएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
उक्त खेलमैदानमा सेभेन ए साईड फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगायतका खेल सञ्चालनका साथै सभा, समारोह, कार्यक्रम गर्न सकिन्छ । यसैगरी सामुदायीक उपयोग र संस्थाको कार्यालय सञ्चालनका लागि दुई जना दाताको सहयोगमा सभाहल सहितको एक कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष पुनले बताउनुभयो ।DSC07909

कल्वको भवन निर्माण गर्न हिलापोखरीमा जन्मिएर हाल पोखरा नदीपुर बस्नुहुने रेशमबहादुर पुन र बेलायतमा कार्यरत दुर्गबहादुर पुनको तिनतिन लाख रुपैया आर्थिक सहयोग गर्नुभएको सचिव रामजी मल्लले बताउनुभयो । उक्त भवन बनेपछि तालीम, गोष्ठि र बैठक सञ्चालन गर्न सजिलो हुने जनाइएको छ । Hilapokhari ko Khelmaidan

यसैगरी वि.स २०७० मा हिलापोखरीका बासिन्दाको पहलमा ताकम देखि गाउँ जोड्ने १.७ किलोमिटर सडक निर्माण भएको थियो । उक्त सडक निर्माण गर्न पोखरा नदीपुर बस्नुहुने रेशमबहादुर पुनले तिन लाख र मैतीमा पुनले दश हजार सहयोग गर्नुभएको स्थानीय बासीन्दा समेत रहनुभएका ताकम स्वास्थ्य चौकीका प्रमुख लोकनाथ पौडेलले बताउनुभयो ।Hilapokhari ko Building

युवाहरुलाई विकृती र कुलतबाट टाढा राख्न खेलकुद र रचनात्मक क्रियाकलापमा संलग्न गराउन पहल गरिहरेको कल्वले गत वर्ष गाउँलाई धुमपान रहित बनाउने अभियान चलाएको थियो । जसले गर्दा धुमपान गर्ने अधिकांश व्यक्तिहरुले कुलत छाडेर उनिहरुको स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुगेको छ ।