कुहुँमा एक महिने सिलाई तालीम

विकल्प न्यूज/बेनी
म्याग्दी १७ चैत ।
म्याग्दीको कुहुँमा मंगलबार एक महिने सुईटर बुनाई तालीम सम्पन्न भएको छ ।
कुहुँ गाविसको महिला लक्षित बजेट अन्तरगत आयोजित तालीममा १९ जनाको सहभागिता रहेको थियो । महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालीमको मिना पुनले सहजिकरण गर्नुभएको थियो ।

Kuhun Talim

कुहुँ महिला सञ्जालका अध्यक्ष गौमती रोकाको अध्यक्षता, गाविस सचिव श्रीराम पौडेलको प्रमुख आतिथ्यता, सञ्जालका सचिव यामकुमारी शेरपुञ्जाको सञ्चालन र कोषाध्यक्ष मुक्तीमाया पुनको स्वागत मन्तब्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा पूर्णमाया शेरपुञ्जा, रुकबहादुर रोका, माया अधिकारी, एकजित रोका र प्रेमप्रसाद रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सन्तोष गौतम